शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

झापामा नौ महिनामा ७७६ घरेलु तथा साना उद्योग थपिए

images
शुक्रबार, वैशाख २६ २०८२
images
झापामा नौ महिनामा ७७६ घरेलु तथा साना उद्योग थपिए

घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा दुई  करोड २१ लाख ८८ हजार ९ सय ५० रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

झापा- जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७ सय ७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। 

images
images
images

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४ सय ३१ र वाणिज्यतर्फ ३ सय ४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ एक हजार १ सय ६८ र वाणिज्यतर्फ एक हजार २ सय ७३ उद्योग नवीकरण भएका छन्।

images
images

जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३ सय ९४ र वाणिज्यतर्फ १ सय २८ गरी ५ सय २२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १ सय ३० उद्योगले व्यवसाय विस्तार गरेका छन्। झापामा उद्योग बन्द गर्नेभन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनले बताए।

images
images

घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा दुई करोड २१ लाख ८८ हजार ९ सय ५० रूपैयाँ राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend