आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

झापामा नौ महिनामा ७७६ घरेलु तथा साना उद्योग थपिए

शुक्रबार, वैशाख २६ २०८२
झापामा नौ महिनामा ७७६ घरेलु तथा साना उद्योग थपिए

घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा दुई  करोड २१ लाख ८८ हजार ९ सय ५० रूपैयाँ राजस्व संकलन गरेको छ।

झापा- जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७ सय ७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। 

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४ सय ३१ र वाणिज्यतर्फ ३ सय ४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन्। सोही अवधिमा उद्योगतर्फ एक हजार १ सय ६८ र वाणिज्यतर्फ एक हजार २ सय ७३ उद्योग नवीकरण भएका छन्।

जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३ सय ९४ र वाणिज्यतर्फ १ सय २८ गरी ५ सय २२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १ सय ३० उद्योगले व्यवसाय विस्तार गरेका छन्। झापामा उद्योग बन्द गर्नेभन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनले बताए।

घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा दुई करोड २१ लाख ८८ हजार ९ सय ५० रूपैयाँ राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख २६ २०८२१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend