आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

भारत-पाकिस्तानबीचको तनावप्रति नेपाल चिन्तित : परराष्ट्र मन्त्रालय

बिहीबार , वैशाख २५ २०८२
भारत-पाकिस्तानबीचको तनावप्रति नेपाल चिन्तित : परराष्ट्र मन्त्रालय

नेपालको सैद्धान्तिक धारणाअनुरूप कुनै पनि शत्रुतापूर्ण शक्तिलाई नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारेको छ।

काठमाडौं- भारतको पहलगाममा गएको अप्रिल २२ मा पर्यटकमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दै गएको तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ।

उक्त आक्रमणमा एक जना नेपाली नागरिकको ज्यान गएको स्मरण गराउँदै नेपालले यस दुःखद घडीमा भारतसँग ऐक्यबद्धता प्रकट गरेको जनाएको छ।

नेपाल सरकारले सो आतंकवादी आक्रमणलाई तत्काल र प्रस्टरूपमा निन्दा गरेको तथा आतंकवादको कुनै पनि स्वरूपको विरुद्धमा आफूहरू दृढतापूर्वक उभिने पुनः दोहोर्‍याएको छ।

नेपालले आतंकवादविरुद्धको साझा संघर्षमा सबै पक्षसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। नेपालको सैद्धान्तिक धारणाअनुरूप कुनै पनि शत्रुतापूर्ण शक्तिलाई नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारेको छ।

नेपालले भारत-पाकिस्तानबीचको तनाव चाँडै नै न्यूनीकरण होस् भन्ने आशा व्यक्त गर्दै दिगो शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। 


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२१९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend