सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा, के-के छन् ग्राहकलाई सुविधा?

images
बिहीबार , वैशाख २५ २०८२
images
एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा, के-के छन् ग्राहकलाई सुविधा?

भैरहवाको मैलाबरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो।

images
images

काठमाडौं- एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट सञ्चालनमा ल्याएको हो। भैरहवाको मैलाबरमा रहेको एनसेलको आधिकारिक खुद्रा बिक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो।

images
images
images

एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए। सप इन सपबाट ग्राहकहरुले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरु एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन्।

images
images

ग्राहकहरूले सीम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सीम स्वामित्व पुनः प्रमाणिकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरु, सेवा, सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउनेलगायतका विविध ग्राहक सेवाहरू लिन सक्छन्।

images
images

‘अब हाम्रा ग्राहकहरुले सबै ग्राहक सेवाहरु नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्छन्, आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो’ रोड्रिगेज भन्छन्, ‘यस अवधारणा अनुरुप हामीले देशैभर विभिन्न स्थानहरुमा थप सप इन सपहरु सञ्चालनमा ल्याउने योजनाअनुसार काम गरिरहेका छौँ जसले ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउँछ।  ‘हामी तपाईँकै लागि’को मूल मर्मअनुसार ग्राहकहरुलाई सेवा प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ।’

रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ब्हिल’ खेलेका अगन्तुकहरुलाई विभिन्न उपहारहरु पनि वितरण गरेका थिए। आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सप इन सपले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ। आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरु पनि सञ्चालन गर्दै आएको छ।


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend