आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

पाँचसय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार

बिहीबार , वैशाख २५ २०८२
पाँचसय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले २२ लाख ५० हजार रूपैयाँ खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन्।

मुस्ताङ- थासाङ गाउँपालिका-२ सौरु गाउँमा रहेको पाँचसय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ।

पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले २२ लाख ५० हजार रूपैयाँ खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन्।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ। गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ।

गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन्। रासस

प्रकाशित : बिहीबार , वैशाख २५ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend