शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

सौन्दर्यीकरणको कामसँगै फेरिएको महेन्द्रनगर बजार

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २५ २०८२
images
images
सौन्दर्यीकरणको कामसँगै फेरिएको महेन्द्रनगर बजार

मदन चोकदेखि बसपार्क मञ्चलाइनमा होटल तथा फैन्सी पसलहरू छन्। महेन्द्रनगरको गल्ली नं ५ सबैभन्दा बढी भीडभाड हुने क्षेत्र हो। यसलाई क्याम्पस रोडसमेत भनिन्छ। हरेक गल्ली विपद्का बेला सहजै दमकल र एम्बुलेन्स आवतजावत गर्न सक्नेगरी निर्माण गरिएका छ।

images
images

कञ्चनपुर- एसियाली विकास बैंक (एडीबी) को सहयोगमा महेन्द्रनगरमा अपांगमैत्री पैदलमार्गसहितको १४ किलोमिटर सडक निर्माण गरिएको छ। महेन्द्रनगर बजारका पाँचवटा गल्ली आठ मिटर चौडा गरिएका छन्। जसमा अपांगमैत्री पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ। 

images
images
images

गुरुयोजनाअनुसार सहरलाई व्यवस्थित र सुन्दर बनाउन एडीबीको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारलाई आधुनिकीकरण गरेको हो।

images
images

आयोजनाको पहिलो चरणअन्तर्गत एक अर्ब रुपैयाँको लगानीमा १४ किलोमिटर सडक कालोपत्र गरिएको भीमदत्त नगरपालिकाका सब-इन्जिनियर पवन लेखकले जानकारी दिए। उनका अनुसार यहाँ २२ किमी ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन्। 

images
images
images

'बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौ, १४ किलोमिटर कालोपत्र सडकमा अपांगमैत्री पैदलमार्ग निर्माण भएको छ', सब-इन्जिनियर लेखकले भने, 'बजारका विभिन्न स्थानमा सौन्दर्यका लागि पार्कसमेत निर्माण गरिएका छन्। बिजुलीका पोल र टेलिफोन तार व्यवस्थित गरिएको छ। पार्किङ व्यवस्थापन गरिएको छ।' पहिलो चरणको काम सम्पन्न भइसकेको र समस्या देखिएका केही स्थानमा निर्माण कम्पनीले मर्मत गरिरहेको उनले जानकारी दिए। 

लेखकका अनुसार अब दोस्रो चरणअन्तर्गत आठ किलोमिटर सडक र दश किलोमिटर ढल निकासका लागि ६६ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ। आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ। 

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार महेन्द्रनगर बजारको निर्माण गरेको यहाँका जानकारहरु बताउँछन्। विसं २०१८ मा उनले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए। त्यतिबेला बेलौरीमा रहेको  सदरमुकाम पनि महेन्द्रनगर सारिएको थियो। 

स्थानीय पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट बजारलाई थप व्यवस्थित गर्न सके यो सहर हेर्न लायक बन्ने बताउँछन्। 'महेन्द्रनगर बजार आकर्षक, व्यवस्थित र सुरक्षित छ, यसले गर्दा यहाँ लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छन्', उनले भने, 'हाल निर्माण भएको अपांगतामैत्री पैदलमार्ग र साइकलन लेनले बजारको सुन्दरता थपेको छ। यसले व्यापार व्यवसायमा समेत थप टेवा पुगेको छ।' 

महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली र व्यापारिक केन्द्र भएकाले यसलाई नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने यहाँका व्यवसायीहरूको माग छ।

'हाल आधुनिक बजार बनेको छ, यहाँ निर्माण भएका गल्लीहरू पर्यटकहरुका लागि आकर्षक छन्', व्यवसायी कृष्णानन्द भट्टले भन्छन्, 'अब बजार क्षेत्रमा भएका पोल व्यवस्थापन गरी तारलाई भूमिगत गर्न सकिए सुन्दरता थपिने छ। सडक किनारामा हरियाली र थप लाइटिङ  व्यवस्थापन गर्न सके महेन्द्रनगर बजार थप राम्रो हुनेछ।'

स्थानीय इन्द्र साउद परम्परागत स्वरप नबिर्गिने गरी गुरुयोजनाअनुसार बजार व्यवस्थापन गरिनुपर्ने र सौन्दर्य बिगार्ने गरी बनाइने संरचना र अतिक्रमणमा कडाइका साथ प्रास्तुत हुनुपर्ने धारणा राख्छन्। 

तत्कालीन राजा महेन्द्रले बसाएका कारण यस बजारको नाम महेन्द्रनगर नामकरण गरिएको हो। महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन्। हरेक गल्लीको आफ्नै विशेषता छ।

पहिलोगल्ली नं एकमा मेडिकल, हार्डवेयर पसलहरू बढी छन् भने गल्ली नं २ मा बैंक, छापाखाना, इलेक्ट्रोनिक र किराना पसलहरू छन्। यस्तै, गल्ली नं ३ मा अधिकांश मेडिकल छन् भने केही होटल र बैंक पनि छन्। यसैगरी, गल्ली नं ४ मा होटल, मेडिकल र बैंक तथा गल्ली नं ५ मा पुस्तक पसल तथा बैंकहरू बढी छन्।

यहाँको मदन चोकदेखि बसपार्क मञ्चलाइनमा होटल तथा फैन्सी पसलहरू छन्। महेन्द्रनगरको गल्ली नं ५ सबैभन्दा बढी भीडभाड हुने क्षेत्र हो। यसलाई क्याम्पस रोडसमेत भनिन्छ। यहाँका हरेक गल्ली विपद्का बेला सहजै दमकल र एम्बुलेन्स आवतजावत गर्न सक्नेगरी निर्माण गरिएका छ। 

यहाँ बजारको छेउमा खुलामञ्च छ, जहाँ विभिन्न कार्यक्रम र खेलकुद सञ्चालन हुन्छन्। यहाँको व्यापार-व्यवसाय प्रमुख राजमार्ग र ग्रामीण बस्तीसम्म विस्तार भएको छ।

व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर भारतका ठूला औद्योगिक सहर नजिक रहेकाले पनि बढी महत्वको छ। एडीबीले सहर सौन्दर्दीकरणका लागि परेको सहयोगले बजारलाई थप आकर्षक र व्यवस्थित बनाउने काम भएपछि स्थानीय व्यापारी उत्साहित भएका छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend