आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

देशका अधिकांश भागमा मौसम सफा, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

images
बिहीबार , वैशाख २५ २०८२
images
देशका अधिकांश भागमा मौसम सफा, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images

काठमाडौं- हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको वायुले समेत हालको मौसमी अवस्था प्रभावित पारेको महाशाखाको विश्लेषण छ।

images
images
images

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई लगायतका बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ। यस्तै, हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुनसक्ने जनाइएको छ।

images
images

आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। पहाडी क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

images
images

सावधानी अपनाउनुपर्ने अवस्था नरहे पनि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको पूर्वानुमानअनुसार योजना बनाउन मौसम महाशाखाले सुझाव दिएको छ।


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend