आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

देशका अधिकांश भागमा मौसम सफा, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बिहीबार , वैशाख २५ २०८२
देशका अधिकांश भागमा मौसम सफा, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको वायुले समेत हालको मौसमी अवस्था प्रभावित पारेको महाशाखाको विश्लेषण छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई लगायतका बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ। यस्तै, हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुनसक्ने जनाइएको छ।

आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। पहाडी क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

सावधानी अपनाउनुपर्ने अवस्था नरहे पनि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको पूर्वानुमानअनुसार योजना बनाउन मौसम महाशाखाले सुझाव दिएको छ।


प्रकाशित : बिहीबार , वैशाख २५ २०८२०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend