बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

सेयर बजारमा उभार, ६२ अंकले बढ्दा १० अर्ब ५१ करोडको कारोबार

images
बुधबार, वैशाख २४ २०८२
images
सेयर बजारमा उभार, ६२ अंकले बढ्दा १० अर्ब ५१ करोडको कारोबार

बुधबार २२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा १० अर्ब ५१ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ।

images
images

काठमाडौं- लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको सेयर बजारमा बुधबार भने उभार आएको छ। बुधबार बजार ६२.२५ अंकले बढेर २६७३.६९ बिन्दुमा पुग्दा कारोबार रकममा पनि वृद्धि भएको छ।

images
images
images

बुधबार २२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा १० अर्ब ५१ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ। आज १८ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

images
images

यो साता आइतबार ३.३४ अंकले घटेर २६२०.३९ बिन्दुमा झरेको बजार सोमबार ९.९८ अंकको गिरावटसँगै २६१०.४० बिन्दुमा ओर्लिएको थियो। मंगलबार भने बजार १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा पुग्दा ८ अर्ब ७४ करोडको कारोबार भएको थियो।

images
images

सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, वैशाख २४ २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend