काठमाडौं- लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावबीच निरन्तर ओरालोतर्फ नै लागिरहेको सेयर बजारमा बुधबार भने उभार आएको छ। बुधबार बजार ६२.२५ अंकले बढेर २६७३.६९ बिन्दुमा पुग्दा कारोबार रकममा पनि वृद्धि भएको छ।
बुधबार २२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा १० अर्ब ५१ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ। आज १८ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यो साता आइतबार ३.३४ अंकले घटेर २६२०.३९ बिन्दुमा झरेको बजार सोमबार ९.९८ अंकको गिरावटसँगै २६१०.४० बिन्दुमा ओर्लिएको थियो। मंगलबार भने बजार १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा पुग्दा ८ अर्ब ७४ करोडको कारोबार भएको थियो।
सेयर बजार नयाँ उचाइमा जाने लगानीकर्ताको अपेक्षा लामो समयदेखि थाती भइरहँदा बजार उतारचढावबीच लगातार ओरालोतिर नै देखिन्छ। पर्ख र हेरको सोचमा रहेका लगानीकर्ताहरूले बजारको स्थायी सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता चाहने विश्लेषकहरू बताउँछन्।

.jpeg)