गण्डकी- कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ।
सोह्र हजार जनसङ्ख्या रहेको उक्त पालिकामा संघ र प्रदेशका साथै अन्य सामाजिक संघसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए।
गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ। पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उनले बताए। रासस