बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

कालीमाटीमा आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ

images
बुधबार, वैशाख २४ २०८२
images
कालीमाटीमा आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले बजारको माग, आपूर्ति र मौसमी उत्पादनलाई ध्यानमा राख्दै दैनिक रूपमा मूल्य तय गर्दै आएको छ।

images
images

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले बजारको माग, आपूर्ति र मौसमी उत्पादनलाई ध्यानमा राख्दै दैनिक रूपमा मूल्य तय गर्दै आएको छ।

images
images
images

समितिका अनुसार, गोलभेँडाको मूल्य किसिमअनुसार फरक-फरक रहेको छ। गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, सानो (लोकल) र सानो (भारतीय) दुवैको मूल्य प्रतिकिलो ५२ रुपैयाँ तोकिएको छ। त्यस्तै, सानो गोलभेँडा (तराई) ४४ रुपैयाँमा उपलब्ध छ।

images
images

आलु (रातो)को मूल्य ३५ रुपैयाँ, भारतीय आलु ३८ रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, गाजर (लोकल) ६० रुपैयाँ र गाजर (तराई) २५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। बन्दा (लोकल) १५ रुपैयाँ र नरिवल बन्दा २० रुपैयाँमा उपलब्ध छ। काउली (स्थानीय) ५०, रातो मूला ४०, सेतो मूला (लोकल) २० र हाइब्रिड मूला ३० रुपैयाँ तोकिएको छ।

images
images

भन्टा (लाम्चो) र भन्टा (डल्लो) दुवैको मूल्य ४० रुपैयाँ छ भने तने बोडीको थोक मूल्य ७० रुपैयाँ निर्धारण गरिएको छ।

मटरकोसा ९०, घिउ सिमी (लोकल तथा हाइब्रिड) ६०–६०, भटमास कोसा १५०, तितो करेला ३०, लौका ३०, परबर (लोकल) ६०, चिचिण्डो ४०, घिरौला ३५, झिगुनी ७०, फर्सी (पाकेको) ५०, हरियो फर्सी (लाम्चो) २५, हरियो फर्सी (डल्लो) ३०, सलगम ८०, भिण्डी ४० रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ।

त्यसैगरी, सखरखण्ड ६०, बरेला ५०, पिँडालु ९०, स्कूस ५०, रायो साग ६०, पालुङ्गो र चमसुरको साग ९०–९०, तोरीको साग ३५, मेथीको साग ८०, हरियो प्याज ६०, बकुला ५०, तरुल १००, कन्य च्याउ १७०, डल्ले च्याउ ३५० र कुरिलोको मूल्य ६०० रुपैयाँ रहेको छ।

ब्रोकाउली ९०, चुकुन्दर ६०, सजीवन १००, कोइरालो १९०, रातो बन्दा ६०, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २००, पार्सले ३००, सौफ साग १००, पुदिना २४०, गान्टे मूला ५०, इमली १७०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ तोकिएको छ।

फलफूलको थोक मूल्यतर्फ स्याउ (झोले) २५०, स्याउ (फूजी) ३४०, केरा (दर्जन) १६०, कागती २८०, अनार ३५०, अङ्गुर (हरियो) २००, अङ्गुर (कालो) २५०, भारतीय सुन्तला १४०, तरबुजा (हरियो) ५०, मौसम र जुनार २००–२००, भुइँकटहर (प्रति गोटा) २००, काँक्रो (लोकल) ७०, काँक्रो (हाइब्रिड) ३०, रुख कटहर ८०, नासपाती (चाइनिज) २६०, मेवा (नेपाली) ५०, मेवा (भारतीय) र अम्बा १२०–१२०, उखु (प्रति गोटा) ८०, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी ४६० र आभोकाडो ६४० रुपैयाँ निर्धारण गरिएको छ।

मसला तथा अन्य खाद्यवस्तुमा अदुवा १००, खुर्सानी (सुकेको) ४२०, हरियो खुर्सानी ९०, बुलेट र माछे खुर्सानी क्रमशः ९० र ५५, अकबरे खुर्सानी ४००, भेडे खुर्सानी १००, हरियो लसुन १००, हरियो धनियाँ १२०, सुकेको लसुन (चाइनिज) ३२० र (नेपाली) ३०० रुपैयाँमा तोकिएको छ।

यसका साथै, ताजा माछा (रहु) ३२०, बचुवा २६०, छडी २४०, रुख टमाटर १६०, राजा च्याउ ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ।

कालीमाटी बजार समितिले दैनिक रूपमा मूल्य निर्धारण गर्दै उपभोक्तालाई मूल्य जानकारी गराउँदै आएको छ। रासस

 
 


प्रकाशित : बुधबार, वैशाख २४ २०८२०८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend