आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

प्रधानमन्त्रीसँग एसियाली भुक्तानी नेटवर्कका प्रतिनिधिको भेट

मंगलबार, वैशाख २३ २०८२
प्रधानमन्त्रीसँग एसियाली भुक्तानी नेटवर्कका प्रतिनिधिको भेट

प्रधानमन्त्रीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गरे।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली भुक्तानी नेटवर्क (एपीएन) को २१औँ फोरमका सहभागीले आज भेट गरेका छन्।

फोनपेद्वारा आयोजित सम्मेलनमा सहभागी नेपालसहित १३ देशका १४ प्रतिनिधिसँग प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर सीमापार रिटेल भुक्तानी प्रणाली र डिजिटल वित्तमा क्षेत्रीय सहकार्यको सुदृढीकरणका बारेमा विचार विमर्श गरेका हुन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको समयमा एपिएन र फोनपेको समग्र क्षेत्रीय वित्तीय एकता र समन्वयको लागि गरेको योगदानको प्रशंसा गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र सुधारको महत्त्वलाई जोड दिन आग्रह गरे। रासस


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend