शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

बीवाईडीको सर्भिस : गाडी छुनेबित्तिकै २ हजार ८ सय रूपैयाँ

अधिकांश ईभी बिक्रेताले २-३ वर्ष निःशुल्क सर्भिस दिँदा साइमेक्सको चर्को असुली

images
आइतबार, वैशाख १४ २०८२
images
बीवाईडीको सर्भिस : गाडी छुनेबित्तिकै २ हजार ८ सय रूपैयाँ

कयौँ विद्युतीय कारको सर्भिस २ देखि ३ वर्षसम्म निःशुल्क रहेको छ। तर संसारको पहिलो विद्युतीय सवारी बिक्रेता दाबी गर्ने बीवाईडीले नेपालमा भने चर्को सर्भिस शुल्क असुल गरिरहेको पाइएको हो।

images
images

काठमाडौं- विद्युतीय सवारीमा ‘फास्ट मुभेवल’ पार्ट्स कम हुने र नियमित सर्भिसिङ शुल्क निक्कै कम लाग्ने चर्चा हुने गरेको छ। कयौँ विद्युतीय कारको सर्भिस २ देखि ३ वर्षसम्म निःशुल्क रहेको छ। तर संसारको पहिलो विद्युतीय सवारी बिक्रेता दाबी गर्ने बीवाईडीले नेपालमा भने चर्को सर्भिस शुल्क असुल गरिरहेको पाइएको हो।

images
images
images

नेपाली बजारमा उपलब्ध अधिकांश विद्युतीय कारको सर्भिस २ देखि ३ वर्षसम्म निःशुल्क दिइरहेको आधिकारिक बिक्रेता कम्पनीहरुले बताएका छन्। उनीहरुले सर्भिसमा आउने विद्युतीय कारको सफ्टवेर अपडेट, ब्याट्री तथा बीएमएस र मोटरको ‘जनरल इन्स्पेक्सन’ गर्ने, ब्रेक जाँच गर्ने र धोइपखालीलाई नियमित सर्भिस मान्ने गरेका छन्। योभन्दा बढी गर्नुपरे वा पार्टपुर्जा फेर्नुपरे सबैले फेरिएको पार्ट्सको मूल्यअनुसार थप शुल्क लिने गरेका छन्।

images
images

तर बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले भने पहिलो सर्भिसमै २ हजार ८ सय २५ रूपैयाँ शुल्क लिँदै आएको पाइएको हो। अन्य विद्युतीय कार बिक्रेता कम्पनीले झैँ साइमेक्सले पनि सर्भिसमा आउने विद्युतीय कारको सफ्टवेर अपडेट, ब्याट्री तथा बीएमएस र मोटरको ‘जनरल इन्स्पेक्सन’ गर्ने, ब्रेक जाँच गर्ने र धोइपखाली गरि नियमित सर्भिसिङ गरेर उपभोक्तालाई गाडी दिने गरेको छ।

images
images

यति गरेबापत साइमेक्सले उपभोक्तासँग प्रतिसर्भिस प्रतिकार २ हजार ५ सय रूपैयाँ उपभोक्तासँग लिँदै आइरहेको छ। हरेक एउटापछिको अर्को सर्भिस निःशुल्क दिँदै आएको बीवाईडी बिक्रेता साइमेक्सले बताउँदै आएको छ। तर यो पनि झुटो प्रचार गरेको पाइएको छ। साइमेक्सले बीवाईडीको एटो थ्री किनेका उपभोक्तालाई दिएको सर्भिस म्यानुअलअनुसार पहिलो सर्भिस शुल्कसहित(२ हजार ५ सय रूपैयाँ), दोस्रो सर्भिस निःशुल्क, त्यसपछिको ३ वटा सर्भिस शुल्कसहित, छैटौँ सर्भिस निःशुल्क र सातौँदेखि १०औँ सर्भिस फेरि शुल्कसहितको र ११औँ सर्भिस निःशुल्क हुने उल्लेख छ।

११ वटा सर्भिसमा साइमेक्सले बीवाईडीका विद्युतीय कार किन्ने उपभोक्तालाई ३ वटामात्र निःशुल्क सर्भिस दिनेगरी सर्भिस म्यानुअल थमाइरहेको छ। यता उपभोक्ता आकर्षित गर्ने टुलका रुपमा एउटा पछाडिको अर्को सर्भिस निःशुल्क भनिरहेको छ। बीवाईडी बिक्रेता साइमेक्सले उपभोक्तालाई सरासर ढाँटिरहेको पाइएको हो। साइमेक्स इंकले बीवाईडी एटो थ्रीको उपभोक्तालाई थमाएको तेस्रो सर्भिस बिलअनुसार २५ सय रूपैयाँ सर्भिस चार्ज र त्यसमा ३ सय २५ रूपैयाँ मूल्य अभिवृद्धि करसहित २ हजार ८ सय २५ रूपैयाँ लिइएको छ।

बिजनेस न्युजले नेपाली बजारमा विद्युतीय कार बिक्री गर्दै आएका आधिकारिक बिक्रेताको सर्भिस सेन्टरमै पुगेर सर्भिस म्यानुअल तथा सर्भिस शुल्कको भ्याट बिल नै संकलन गरेको छ। बीवाईडीको एटो थ्रीकै मूल्य बराबरको मूल्य भएका ९ वटा विद्युतीय कार बिक्रेताको सर्भिस सेन्टरबाट स्याम्पल संकलन गरिएको हो।

यीमध्ये अधिकांश (७ वटा) विद्युतीय कारको सर्भिस २ देखि ३ वर्षसम्म निःशुल्क नै रहेको पाइयो। २ वटा ब्रान्डको विद्युतीय कारको प्रतिसर्भिस १ हजार रूपैयाँ र १५ सय रूपैयाँ शुुल्क तय गरिएको छ। तर साइमेक्स इंकले नेपालमा उपलब्ध विद्युतीय कारमध्ये सर्भिसमा सबैभन्दा धेरै शुल्क उपभोक्ताबाट असुल गरिरहेको छ।

ब्याट्रीदेखि गाडीको आकारप्रकार र मूल्यसम्म करिब समान रहेको एउटा ब्रान्डले उक्त विद्युतीय कारमा आफ्ना उपभोक्तालाई ३ वर्षसम्म निःशुल्क सर्भिस दिँदै आएको छ। तीन वर्षपछि पनि उक्त विद्युतीय कारको पार्टपुर्जा फेर्नुपर्ने बाहेकको अवस्थामा नियमित सर्भिसिङका लागि १ हजारदेखि १५ सय रूपैयाँमात्र निर्धारण गर्ने तयार गरेको छ।

तर विद्युतीय कार प्रवर्द्धन वातावरण जोगाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गर्ने बीवाईडी बिक्रेता साइमेक्स इंकले भने उपभोक्तासँग चर्को सर्भिस शुल्क असुल गरिरहेको छ। चर्चा र प्रचार एकातिर गरेर बीवाईडीले सर्भिसबाट अकुत पैसा असुल गरिरहेको छ। विद्युतीय सवारीको सर्भिस गर्दा न्यून शुल्क लाग्ने आफै बताउँदै आएको बीवाईडी बिक्रेता साइमेक्सले सर्भिस सेन्टर सञ्चालनमै कठिन भएको बहानामा सर्भिसबाटै ठूलो आम्दानी गर्ने ध्येय राखेको प्रष्ट हुन्छ।

यतिमात्र होइन बीवाईडी बिक्रेता साइमेक्स इंकले सामान्य ठोक्किएको बीवाईडी एटो थ्रीको मर्मत शुल्क गाडीको मूल्य बराबर नै लिने गरेको बारेमा बिजनेस न्युजले समाचार प्रकाशित गरेको छ। साइमेक्सले सामान्य ठोक्किएको बीवाईडी एटो थ्रीमा हाइ भोल्टेज ब्याट्री नै फेर्नुपर्ने बताएको थियो। यता बीवाईडीका विद्युतीय कारमा वारेन्टी स्किम बढाएको बताउने साइमेक्सले सर्भिसमा भने उपभोक्ताबाट चर्को शुल्क असुल गरिरहेको छ।  

एनएमसी ब्याट्री माथि किन ‘दागाधर्दै’ छ बीवाईडी? एनएमसी ब्याट्री माथि किन ‘दागाधर्दै’ छ बीवाईडी?

 

नेपालमा बीवाईडी ब्लेड ब्याट्रीको सेल फेर्न ‘असम्भव’, उपभोक्तालाई ढाँटेर गाडी बेच्न साइमेक्सका सीईओले बोले झुट नेपालमा बीवाईडी ब्लेड ब्याट्रीको सेल फेर्न ‘असम्भव’, उपभोक्तालाई ढाँटेर गाडी बेच्न साइमेक्सका सीईओले बोले झुट

उपभोक्ता झुक्याउँदै बीवाईडी बिक्रेता साइमेक्स : एटो थ्री बेच्न ७ लाखमै ब्याट्री फेर्छु भन्ने, बिल भने तीन गुणा बढी उपभोक्ता झुक्याउँदै बीवाईडी बिक्रेता साइमेक्स : एटो थ्री बेच्न ७ लाखमै ब्याट्री फेर्छु भन्ने, बिल भने तीन गुणा बढी

बम्पर कुच्चिएको बीवाईडी एटो थ्री : २५ लाखको कोटेसनलाई बीवाईडी र साइमेक्सको दबाबमा ५० लाख ५८ हजार पुर्‍याइयो बम्पर कुच्चिएको बीवाईडी एटो थ्री : २५ लाखको कोटेसनलाई बीवाईडी र साइमेक्सको दबाबमा ५० लाख ५८ हजार पुर्‍याइयो


प्रकाशित : आइतबार, वैशाख १४ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend