बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

सोमबार, फागुन १९ २०८१
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुनेगरी काम गर्ने प्रतिबद्धता जनाइन्।

काठमाडौं- नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा अभिनेत्री खड्का र टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले हस्ताक्षर गरिन्।

सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रवर्द्धन एवम् बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा अभिनेत्री स्वस्तिमाले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुनेगरी काम गर्ने प्रतिबद्धता जनाइन्।

सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी काम गर्नेछन्। लोकप्रिय अभिनेत्रीको पहिचान बनाउन सफल स्वस्तिमाको संलग्नताबाट सेवा प्रवर्द्धन र विस्तारमा सहयोग पुग्ने अपेक्षा टेलिकमको छ।


प्रकाशित : सोमबार, फागुन १९ २०८११७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend