बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी विकास बैंकद्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

आइतबार, फागुन १८ २०८१
महालक्ष्मी विकास बैंकद्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले आफ्ना १ सय ३ शाखामार्फत ८ लाख ग्राहकहरूमा विश्वसनीय सेवा पुर्‍याइरहेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले बूढानीलकण्ठ क्षेत्रमा वाकाथन सम्पन्न गरेको छ।

गएको बिहीबार र शुक्रबार बैंकको वार्षिक कार्यक्रम तथा दुईदिने कार्यशालाअन्तर्गत बूढानीलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरिएको बैंकले जनाएको छ।

बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष र्‍यालीको आयोजना गरिएको बैंकको भनाइ छ।

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढेका थिए। यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो।

महालक्ष्मी विकास बैंकले आफ्ना १ सय ३ शाखामार्फत ८ लाख ग्राहकहरूमा विश्वसनीय सेवा पुर्‍याइरहेको छ।


प्रकाशित : आइतबार, फागुन १८ २०८११७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend