बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकको 'केएसबीबीएल ओलम्पिक्स २०८१' सम्पन्न

आइतबार, फागुन १८ २०८१
कामना सेवा विकास बैंकको 'केएसबीबीएल ओलम्पिक्स २०८१' सम्पन्न

बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल कपसमेत आयोजना गर्दै आएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले 'केएसबीबीएल ओलम्पिक्स २०८१' सफलतापूर्वक सम्पन्न गरेको छ।

कर्मचारीहरुको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिबार सम्पन्न भएको बैंकले जनाएको छ। शनिबार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरु सम्पन्न भएका छन्।

सात प्रदेश र केन्द्रीय कार्यालय गरि कुल आठ समूहबाट खेलहरु आयोजना गरिएको थियो। पुरुषतर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारीको जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधी जितेको छ।

महिलातर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषा कुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयमा अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधी जितेको बैंकले जनाएको छ।

त्यसैगरी, पुरुषतर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सञ्जीव लामालाई हराउँदै उपाधी जित्दा महिलातर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईँले कोशी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधी जितेकी छन्।

विजेता तथा उपविजेता टिमलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानाले बैंकको तर्फबाट ट्रफी, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल कपसमेत आयोजना गर्दै आएको छ। 


प्रकाशित : आइतबार, फागुन १८ २०८११२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend