बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भाटभटेनी सुपरमार्केट 'कर्पोरेट बास्केटबल सिजन-२' को शीर्ष प्रायोजक घोषणा

मंगलबार, फागुन ६ २०८१
भाटभटेनी सुपरमार्केट 'कर्पोरेट बास्केटबल सिजन-२' को शीर्ष प्रायोजक घोषणा

आयोजकका अनुसार १६ कर्पोरेट टोलीहरू लिग-कम-नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन्।

काठमाडौं- गेटसेटगेम-एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले भाटभटेनी सुपरमार्केट ३ एक्स ३ कर्पोरेट बास्केटबल प्रतियोगिता घोषणा गरेको छ।

प्रतियोगिता फागुन १७-१८ गते मम्बा स्पोर्टस सेन्टर, काठमाडौंमा आयोजना हुँदैछ। यो प्रतियोगिताले खेलाडीहरू र दर्शकहरूका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ।

आयोजकका अनुसार १६ कर्पोरेट टोलीहरू लिग-कम-नकआउट ढाँचामा प्रतिस्पर्धा गर्दै उपाधि जित्न मैदानमा उत्रनेछन्। गत वर्षका विजेता ईजी सर्भिसेज र उपविजेता भाटभटेनी सुपरमार्केट पुनः आफ्नो उपाधि बचाउन फर्कँदैछन्।

एरोस सोलुसनका प्रबन्ध निर्देशक राजजंग थापा भन्छन्, 'हामी भाटभटेनी सुपरमार्केटलाई शीर्ष प्रायोजकको रूपमा स्वागत गर्न पाउँदा गर्व गर्छौँ। उनीहरूको खेलप्रति प्रतिबद्धता नेपालमा बास्केटबल प्रवर्द्धनका लागि प्रेरणादायी छ।'

यस प्रतियोगिताका थप साझेदार प्रायोजकहरूमा पेपे पिज्जा फुड पार्टनर, ऊप्स, आई लाइक इट मनोरञ्जन पार्टनर, मम्बा स्पोर्टस् सेन्टर कोर्ट पार्टनर र ह्याम्स अस्पताल मेडिकल पार्टनर रहेका छन्।

सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सीप प्रदर्शन गर्न आमन्त्रण गरिएको छ।

सीटहरू पहिलो दर्ता, पहिलो प्राथमिकताका आधारमा उपलब्ध गराइने बताइएको छ। टिम दर्ता फेब्रुअरी २४ मा बन्द हुनेछ।

दर्ताका लागि गेटसेटगेम नेपालका सामाजिक सञ्जाल पेजहरू हेर्न सकिन्छ। यो प्रतियोगिता कर्पोरेट जगतमा खेल भावना र मित्रता प्रवर्द्धन गर्ने उत्कृष्ट प्लेटफर्म हुने विश्वास लिइएको छ।


प्रकाशित : मंगलबार, फागुन ६ २०८११४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend