बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

मंगलबार, माघ २९ २०८१
सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंककको सातै प्रदेशमा हाल १सय ३४ वटा कार्यालयहरु र १ सय २५ वटा एटीएम सञ्चालनमा रहेका छन्।

काठ‍माडौं- सानिमा बैंकको मान्म शाखाले खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ।

कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो।

शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सानिमा बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना रहेको पनि जनाएको छ। 

सानिमा बैंककको सातै प्रदेशमा हाल १सय ३४ वटा कार्यालयहरु र १ सय २५ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : मंगलबार, माघ २९ २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend