बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भेप र ई-सिगरेट आकर्षक प्याकेटमै बजारमा छ्यापछ्याप्ती, सरकार यस्तै कम्पनीको प्रभावमा परेको स्वदेशी चुरोट सुर्ती उत्पादकको आरोप

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २७ २०८१
भेप र ई-सिगरेट आकर्षक प्याकेटमै बजारमा छ्यापछ्याप्ती, सरकार यस्तै कम्पनीको प्रभावमा परेको स्वदेशी चुरोट सुर्ती उत्पादकको आरोप

चेतवानीमूलक सन्देश अब सुर्तिजन्य पदार्थको खोलमा पूरै भागमा छाप्नुपर्ने भएको छ। यसअघि ९० प्रतिशतमात्र छापे हुने यस्तो घातक रंगिन चित्र शतप्रतिशत छाप्नु पर्नेछ।

काठमाडौं- सुर्तीजन्य पदार्थको कुलत बसाल्नमा भूमिका खेल्नेमात्र होइन गम्भीर असर हुने पुष्टि भइसकेको ई-सिगरेट तथा भेप आकर्षक साजसज्जामा बजारमा छ्यापछ्याप्ती पाइन्छ। विदेशबाट आयात हुने यस्ता सुर्तीजन्य वस्तु आकर्षक प्याकेटमै पाइने भएपनि सरकारको नियामकीय ध्यान भने देशभित्र उत्पादन हुने चुरोटमा मात्र सीमित देखिएको छ। 

हालैमात्र स्वास्थ्य मन्त्रालयले सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनिमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०७१ लाई खारेज गरी नयाँ निर्देशिका जारी गरेको छ।

यस्तो चेतवानीमूलक सन्देश अब सुर्तिजन्य पदार्थको खोलमा पूरै भागमा छाप्नुपर्ने भएको छ। यसअघि ९० प्रतिशतमात्र छापे हुने यस्तो घातक रंगिन चित्र शतप्रतिशत छाप्नु पर्नेछ। 

नेपालमा चुरोट तथा सुर्ती उत्पादन गर्ने उद्योगहरूले यसलाई स्वार्थको खेल भनेर आरोप लगाएका छन्। बहुराष्ट्रिय कम्पनीहरूले विश्वभर ई-सिगरेट तथा भेपलाई ब्रान्डिङ तथा व्यापारको माध्यम बनाइरहेको र उनीहरूकै स्वार्थमा नेपालमा पनि केही गैरसरकारी संस्थाको जोडबलमा स्वदेशी चुरोट तथा सुर्ती उत्पादकलाई कस्नेगरी निर्देशिका आएको उनीहरूको आरोप छ। 

बर्सेनि ठूलो राजस्व र रोजगारीमा योगदान गर्ने उद्योगलाई मात्र टार्गेट गरेर सरकारी नियमन हुने गरेको उनीहरूले आरोप लगाएका छन्।  स्वास्थ्यमा उत्तिकै जोखिम सिर्जना गर्ने भएपनि भेप तथा ई-सिगरेटलाई छलफलमै नल्याउनु शंकास्पद देखिएको नेपाली उद्योगको आरोप छ। 



प्रकाशित : आइतबार, माघ २७ २०८११४:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend