बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खनियाबासमा भारतको सहयोगमा निर्माण गरिने वर्थिङ सेन्टर भवनको शिलान्यास

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २५ २०८१
खनियाबासमा भारतको सहयोगमा निर्माण गरिने वर्थिङ सेन्टर भवनको शिलान्यास

काठमाडौं- धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी-वर्थिङ सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ। नेता दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा भारतीय राजदूतावासका काउन्सिलरगीताञ्जली ब्रान्डनले संयुक्त रूपमा शिलान्यास गरे।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २.५१ करोड रुपैयाँको परियोजना लागतमा कुरी स्वास्थ्य चौकी-वर्थिङ सेन्टर निर्माण गरिँदैछ। उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रहेको भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ। यीमध्ये बागमती प्रदेशमा १०८ वटा परियोजना रहेका छन्। 

यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा  नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ।


प्रकाशित : शुक्रबार, माघ २५ २०८११७:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend