बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २' को पुरस्कार वितरण

बिहीबार , माघ १० २०८१
'महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २' को पुरस्कार वितरण

पब्लिक च्वाइसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन्।

काठमाडौं- महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको 'महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २' को पुरस्कार बिहीबार वितरण गरिएको छ।

काठमाडौंको दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच प्रथम, द्वितीय, तृतीय स्थान तथा पब्लिक च्वाइस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको बैंकले जनाएको छ।

उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारसराज बज्राचार्य तेस्रो हुन सफल भएका छन्। विजेताले प्रमाणपत्रका साथमा क्रमश: २० हजार, १५ हजार र १० हजार रूपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन्।

पब्लिक च्वाइसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन्। उनले प्रमाणपत्रको साथै ५ हजार रूपैयाँ प्राप्त गरेका छन्। यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न तस्बिरहरु प्राप्त भएका थिए। प्रतियोगिताको मूल्यांकनको लागि छानिएको ३ सदस्यीय निर्णायक समितिमार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो। यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रवर्द्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको छ। 


प्रकाशित : बिहीबार , माघ १० २०८११७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend