बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने

बिहीबार , माघ १० २०८१
टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमका ग्राहकहरुले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले पनि एक्सन स्पोर्टस् एचडी १ मा प्रत्यक्ष हेर्न सक्नेछन्।

काठमाडौं- पोखराको टाइगर ग्रुपले आयोजना गर्ने गरेको पाँचौँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडी १ टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमका ग्राहकहरुले टेलिभिजनमा तथा डिशहोम गो एप प्रयोगकर्ताहरुले पनि एक्सन स्पोर्टस् एचडी १ मा प्रत्यक्ष हेर्न सक्नेछन्।

माघ २५ देखि फागुन १ गतेसम्म हुने प्रतियोगितामा, पुरुष र महिला दुवै विधामा एक-एक अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ भारत र महिलामा थाइल्याण्डका भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौँ संस्करणमा भाग लिनेएका छन्।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन्।

सन् २०२० मा टाइगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिताका यस संस्करणमा विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ रूपैयाँ र तेस्रो हुने टोलीले एक लाख ८५ हजार ५ सय ५५ रूपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको एमभीपीलाई २५ हजार ७ सय ७७ रूपैयाँ पुरस्कार दिइनेछ। उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षकलगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १० हजार ५ सय ५५ रूपैयाँ पुरस्कार राशी प्रदान गरिनेछ।


प्रकाशित : बिहीबार , माघ १० २०८११५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend