बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

सोमबार, माघ ७ २०८१
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ।

काठमाडौं-  महालक्ष्मी विकास बैंकले पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।

सोहीअन्तर्गत बैंकको पालुङ्ग शाखाले थाहा नगरपालिका-११, देउराली, मकवानपुरस्थित श्री कालिदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विधार्थीमध्ये ५५ जना विपन्न वर्गका विधार्थीहरुलाई पुस २७ मा एक कार्यक्रमबीच ५५ थान पोलार ज्याकेट वितरण गरेको हो।

साथै सर्वोदय परियोजना नामक गैह्र सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहीन कलाकारहरुको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रवर्द्धन गर्न आयोजित 'सेन्सेसन अनसिन : अदृश्य मोतीहरु' नामक कार्यक्रम सञ्चालनका निमित्त बैंकले आर्थिक सहयोग गरेको जनाएको छ।

यस कार्यबाट अपांगता भएका व्यक्तिहरुको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण  गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको जनाएको छ। 


प्रकाशित : सोमबार, माघ ७ २०८११५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend