बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सोमबार, माघ ७ २०८१
सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकको सातै प्रदेशमा हाल १ सय ३४ वटा कार्यालयहरु र १ सय २५ वटा एटीएम सञ्चालनमा रहेका छन्।

काठमाडौं- सानिमा बैंकले पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण गरेको छ। बैंकको पर्सागढी शाखाले पर्सागढी वडा नं. ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको हो।

चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरुमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको सानिमा बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका यीयावत् क्रार्यक्रमहरु गर्ने योजना रहेको जनाएको छ। 

सानिमा बैंकको सातै प्रदेशमा हाल १ सय ३४ वटा कार्यालयहरु र १ सय २५ वटा एटीएम सञ्चालनमा रहेका छन्।


प्रकाशित : सोमबार, माघ ७ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend