बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्ज फेस्ट’ हुँदै

आइतबार, माघ ६ २०८१
पुराना गाडीसँग बीवाईडीको ब्रान्ड न्यू ईभी साट्न सकिने, माघ ९ देखि देशभर ‘एक्सचेन्ज फेस्ट’ हुँदै

बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो। नेपाली बजारमा यसको एटो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन्।

काठमाडौं- बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म आयोजना हुन लागेको हो।

एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन्। यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निशुल्क प्रिमियम एसेसोरिज र नि:शुल्क चार्जर जडानको सुविधा पाउनेछन्। 

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगंज, पोखरा, बनेपा, नेपालगञ्ज र नारायणघाटमा अयोजना हुनेछ। एक्सचेन्ज फेस्टमा सहभागी भएर ग्राहकले पुरानो गाडीसँग बीवाईडीको एटो३, डल्फिन र एम६ जस्ता चर्चित र लोकप्रिय ईभी एक्सचेन्ज गर्न सक्नेछन्।

बीवाईडी नेपाली बजारमा सर्वाधिक बिक्री हुने ईभी ब्रान्ड हो। नेपाली बजारमा यसको एटो३, डल्फिन र एम६ मोडल निकै लोकप्रिय मानिन्छन्।

बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारको विकासमा साइमेक्स इंकले पुर्‍याउँदै आएको योगदानका कारण नेपालमा यो ब्रान्डलाई रुचाउने ईभी पारखीको जमात निकै ठूलो रहेको कम्पनीको दाबी छ।


प्रकाशित : आइतबार, माघ ६ २०८१०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend