बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकको सहयोगमा निर्माण गरिएको चितवनको वीरेन्द्र आदर्श विद्यालयको पुस्तकालय उद्घाटन

मंगलबार, पुस २३ २०८१
एनआईसी एसिया बैंकको सहयोगमा निर्माण गरिएको चितवनको वीरेन्द्र आदर्श विद्यालयको पुस्तकालय उद्घाटन

उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै एक हजार ५० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।

काठमाडौं- एनआईसी एसिया बैंकको सहयोगमा निर्माण गरिएको बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका-७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्‌घाटन गरिएको छ।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन गएको शुक्रबार उद्घाटन गरिएको हो।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरिरहेको जनाएको छ। उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै एक हजार ५० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।

बैंकले विभिन्न जिल्लामा पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड ५ लाख ३० हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो। ती पुस्तकालय भवनहरु निर्माणपछि त्यहाँ अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएको छ।

साथै विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराइ विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भइ उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो योगदान पुग्ने बैंकले विश्वास लिएको छ।


प्रकाशित : मंगलबार, पुस २३ २०८११६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend