बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ग्लोबल आईएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षरोपण गर्ने घोषणा

मंगलबार, पुस २३ २०८१
ग्लोबल आईएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षरोपण गर्ने घोषणा

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको जनाएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ ।

ग्लोबल आईएमई बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ। बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार वृक्षरोपण गर्ने जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गरेका छन्। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षरोपण कार्यक्रम चालु आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरु रोपण गर्ने जानकारी दिए।

रुखबिरुवा प्रकृति संरक्षणको महत्वपूर्ण पाटो हो। वृक्षरोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाइराख्न, पहिरो रोक्न, पानीको स्रोत जोगाउन सहयोग पुर्‍याउँछ, उनले भने।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको जनाएको छ।

ग्लोबल आईएमई बैंकले मुलुकको ७७ वटै जिल्लामा रहेका ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाएको छ।


प्रकाशित : मंगलबार, पुस २३ २०८११६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend