आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

अन्त:शुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विकल पौडेललाई ८ वर्षको कैद

बिहीबार , मंसिर १३ २०८१
अन्त:शुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विकल पौडेललाई ८ वर्षको कैद

स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै तत्कालीन मुख्य सचिवसहितलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेकोमा अदालतले पौडेल र सफल श्रेष्ठलाई मात्र दोषी ठहर गरेको थियो।

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक हुँदा अन्त:शुल्क स्टिकर छपाइको प्रक्रियामा भ्रष्टाचार गरेको ठहर भएका विकल पौडेललाई विशेष अदालतले जरिवाना तथा सजाय निर्धारण गरेको छ।

स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै तत्कालीन मुख्य सचिवसहितलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेकोमा अदालतले पौडेल र सफल श्रेष्ठलाई मात्र दोषी ठहर गरेको थियो।

दुई जनालाई आठ वर्षको कैद सजाय हुने र ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ  बिगो र त्यति नै जरिवाना असुल गर्नुपर्ने फैसला विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले गरेको हो।

प्रकाशित : बिहीबार , मंसिर १३ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend