शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

वैदेशिक रोजगारीमा जानेको संख्या चालु आवको पहिलो महिनामै बढ्यो, विदेशिए ५९ हजार ५ सय ७५ जना

मलेसियाको रोजगारी ठप्प

images
आइतबार, भदौ १६ २०८१
images
वैदेशिक रोजगारीमा जानेको संख्या चालु आवको पहिलो महिनामै बढ्यो, विदेशिए ५९ हजार ५ सय ७५ जना
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा नै वैदेशिक रोजगारीका लागि जाने कामदारको संख्या बढेको छ।

images
images
images

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनमा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशिने कामदारको संख्या ५९ हजार ५ सय ७५ जना रहेको छ। यो गत आव २०८०/०८१ को साउन महिनाको तुलनामा बढी हो। 

images
images

गत आवको साउनमा रोजगारीका लागि विदेश जाने कामदारको संख्या ५५ हजार ५ सय ७५ थियो। गत आवको साउन महिनाको तुलनामा चालु आवको साउनमा रोजगारीका लागि विदेश जानेको संख्या ५ हजारले बढी हो।

images
images

चालु आवको साउनमा नयाँ कामका लागि म्यानपावरमार्फत विदेश जाने कामदारको संख्या २५ हजार ५ सय ७ रहेको छ। गत आवको साउनमा म्यानपावरमार्फत विदेश जाने कामदारको संख्या २९ हजार २ सय २४ जना रहेको थियो।

तर साउनमा मलेसियाको रोजगारी भने ठप्प देखिएको छ। चालु आवको पहिलो महिनामा नेपालबाट मलेस‍िया रोजगारीका लागि जाने कामदारको संख्या १ सय ३४ मात्रै रहेको छ। त्यसमा पनि म्यानपारमार्फत नयाँ कामका लागि जाने कामदारको संख्या पाँचजना मात्रै छ। मलेसियाले कामदार लैजाने गरी मे ३१ देखि कुनै पनि अनुमति दिएको छैन।


प्रकाशित : आइतबार, भदौ १६ २०८११४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend