बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वैदेशिक रोजगारीका लागि १० महिनामै बाहिरिए ६ लाख ९ हजार युवा, ४७ प्रतिशतभन्दा बढी नयाँ कामका लागि

६५ हजारभन्दा बढी महिला कामदार

बिहीबार , जेठ ३ २०८१
वैदेशिक रोजगारीका लागि १० महिनामै बाहिरिए ६ लाख ९ हजार युवा, ४७ प्रतिशतभन्दा बढी नयाँ कामका लागि

देशमै रोजगारीको सम्भावना र अवसर नपाएपछि युवाको रोजाइमा वैदेशिक रोजगारी परेको छ। नेपालबाट खाडी तथा मलेसियाको रोजगारीमा जाने युवाको संख्या ९० प्रतिशतभन्दा बढी रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि बैशाखसम्मको १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६ लाख ९ हजारभन्दा बढी छ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि जान भन्दै ६ लाख ९ हजार ७ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

देशमै रोजगारीको सम्भावना र अवसर नपाएपछि युवाको रोजाइमा वैदेशिक रोजगारी परेको छ। नेपालबाट खाडी तथा मलेसियाको रोजगारीमा जाने युवाको संख्या ९० प्रतिशतभन्दा बढी रहेको छ।

वैदेशिक रोजगारीमा जाने युवाले भनेअनुसारको सेवा सुविधा पाउँदैनन्। केहीले मात्रै म्यानपावर कम्पनीले भनेअनुसारको सेवा सुविधा पाउँछन्।

खाडी तथा मलेसिया जाने कामदारका लागि फ्रि भिसा तथा टिकटको नियम भएपनि कार्यान्वयन हुन सकेको छैन।

मलेसिया जाने कामदारले तीन लाख रुपैयाँसम्म तिरिरहेका छन् भने खाडी जानेले पनि साढे २ लाख भन्दा बढी रकम म्यानपावर कम्पनीलाई बुझाइरहेका छन्। त्यसमाथि पनि वैदेशिक रोजगारीमा जाने कामदारका लागि भन्दै विभिन्न नामको संस्था खडा गरेर आर्थिक भार थप्ने काम रोकिएको छैन।

पछिल्लो समय २०२४ को जनवरीबाट मात्रै साउदी अरब जाने कामदारमाथि फिंगर प्रिन्टका नाममा ७ सय २० रुपैयाँ आर्थिक भार थप्ने काम भएको छ। तर देशमा रोजगारीको अवसर नपाएर बाध्य भएर युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन्।

महिनागत रुपमा बाहिरिएका कामदार संख्या


यो संख्यामा महिला कामदारको संख्या १०.५७ प्रतिशत रहेको छ। चालु आवको १० महिनामा नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशिएका महिला कामदारको संख्या ६५ हजार ५ सय ८६ जना रहेको छ।

पुरुष कामदारको संख्या भने ५ लाख ४४ हजार १  सय ९१ रहेको छ। जुन कुल कामदारको ८९.४३ प्रतिशत हो।

विभागका अनुसार वर्ष २०८० को चैतमा सबैभन्दा बढी कामदार विदेश गएका छन्। चैतमा मात्रै ७० हजार ९ सय ३३ युवाले वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देश जाने गरी अन्तिम श्रम स्वीकृति लिएका छन्।

महिनागत रुपमा विदेसिएका पुरुष र महिला कामदारको संख्या

सबैभन्दा कम कात्तिक रहेको थियो। कात्तिकमा ४३ हजार ६ सय २२ जना युवा विदेश गएका थिए।

नयाँ कामका लागि म्यानपावर जानेको संख्या मात्रै ४७.९ प्रतिशत रहेको छ। यसैगरी ३८ प्रतिशत भन्दा बढी बिदामा नेपाल आइ पुन: फर्कने रहेका छन्। यसबाहेक भने व्यक्तिगत भिसा र जीटुजीमा जानेको संख्या साढे १४ प्रतिशत रहेको छ। 

 


प्रकाशित : बिहीबार , जेठ ३ २०८११३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend