शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १३ २०८१
images
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

'काम पाइएको बेला राम्रै आम्दानी हुन्छ। प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ'

images
images

कञ्चनपुर- कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। उनी पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउने गर्छिन्।

images
images
images

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहन्छिन्। चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा छिन्।

images
images

'चित्र कोर्ने सानैदेखिको सोख हो। तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु। अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ', उनले भनिन्, 'पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ। कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु।'

images
images

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म पाइने गरेको छ। पढाइसँगै फुर्सदको समयमा चित्र कोरेर हुने आम्दानीले अध्ययनका साथै घरखर्च जोहो गर्न सहजता भएको निर्मलाको भनाइ छ।

निर्मलाका आमाबुबासहित छ सदस्यीय परिवार छ। उनी जेठी छोरी हुन्। आमाबुबा सुन्दरीफाँटामै खेती गर्छिन्। यहाँ निर्मलाको १५ कट्ठा जमिन पनि छ। 

'परिवारको आर्थिक अवस्थाले नधानेर माइली बहिनीले पढाइ छोडिन्। अहिले पसलमा काम गर्छिन्। अरु हामीहरु जेनतेन अध्ययन गरिरहेका छौँ', निर्मलाले तीन बहिनीका समस्या सुनाउँदै भने,  'चित्रबाट प्राप्त हुने सीमित रकमले जेनतेन अध्ययन खर्च  चलेको छ।'

पछिल्लो समय अत्याधुनिक प्रविधिको प्रयोग हुँदा चित्रकारले काम पाउन कठिन भएको उनको गुनासो छ। 'काम पाइएको बेला राम्रै आम्दानी हुन्छ। प्रविधिले गर्दा आजभोलि काम पाउन मुस्किल छ', उनले भने।

विसं २०७५ मा उनले चित्र  बनाउने र पेन्टिङको तालिम लिएकी थिइन्। चित्रकलामा महिलाको उपस्थिति नगन्य छ। जिल्लाभर चार-पाँच महिला मात्रै व्यावसायिक रुपमा चित्रकलामा आबद्ध रहेका नेपाल कमर्सियल आर्टिस्ट संघका सल्लाहकार सुरेश पथिक बताउँछन्। रासस 


प्रकाशित : बिहीबार , वैशाख १३ २०८१०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend