बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
डेडिकेटेड र ट्रंकलाइन विवाद

प्रयोग नै नगरेको बिल जारी भएको होइन, सबै डाटा दिन सक्छौँ : कुलमान

बिहीबार , पुस १२ २०८०
प्रयोग नै नगरेको बिल जारी भएको होइन, सबै डाटा दिन सक्छौँ : कुलमान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने उद्योगहरूको सबै प्रमाण आफूहरूसँग रहेको बताएका छन्। 

'प्रयोग नै नगरेको बिल जारी भएको प्रचार गरिएको छ तर बिलिङ सफ्टवेयरबाट लिएको डाटाबाटै बिलिङ भएको हो। विगतको सबै डाटा दिन सक्छौँ' बिहीबार पत्रकार सम्मेलनमा घिसिङले भने। 

एक वर्षमा डाउनलोड नहुँदा टीओडी मेटिन पनि सक्ने तर पनि अन्य ब्याकअपबाट डाटा निकाल्न सकिने घिसिङले बताए। रिलायन्स स्पिनिङले उद्योग मन्त्रालयमै निवेदन दिएर बिजुली लिएको बताउँदै घिसिङले भने, '११ भन्दा बढी उद्योगले मन्त्रालयबाट तोक आदेश लिएर बिजुली लिएका छन्। सबैले २४ घण्टासम्म प्रयोग गरेको डाटामा देखिन्छ। हामीले प्रिमियम चार्ज गरेको हो। पहिले नर्मल बिल काटिएको रहेछ, त्यहीमा हामीले प्रिमियम काटेको हो। थप बिजुलीको होइन।'

सबै सवस्टेशनमा सबै डाटा प्रत्येक घण्टाको हुने र त्यतिबेलाको पनि सबै लकबुकमा रहेको भन्दै उनले भने, 'अहिले पनि त्यो डाटा भेटिन्छ। टीओडी मिटर नभएको भनेर प्रचार गरिएको विषय गलत हो। टीओडी मिटर एक वर्षपछि रिप्लेस हुँदै जान्छ। सोहीअनुसार मेटिँदै जान्छ। हामीले एक वर्षमा डाउनलोड गरेका हुन्छौँ। उक्त डाटा उद्योगीसँग पनि हुन्छ।'

कुलमानले भने - माथिल्लो निकायबाट निकास नदिएसम्म बक्यौता उठाउने निर्णयबाट पछि हट्दैनौँ कुलमानले भने - माथिल्लो निकायबाट निकास नदिएसम्म बक्यौता उठाउने निर्णयबाट पछि हट्दैनौँ प्राधिकरणले भन्यो - ६१ उद्योगले २२ अर्ब २४ करोड तिर्न बाँकी छ, नतिरे सबैको लाइन काटिन्छ प्राधिकरणले भन्यो - ६१ उद्योगले २२ अर्ब २४ करोड तिर्न बाँकी छ, नतिरे सबैको लाइन काटिन्छ


प्रकाशित : बिहीबार , पुस १२ २०८०१५:४२
  • सम्बन्धित विषय:

  • # डेडिकेटेड र ट्रंकलाइन विवाद


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend