बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कांग्रेस र एमाले नेतालाई भेटेर उद्योगीले भने - डेडिकेटेड र ट्रंकलाइनको विवाद तत्काल समाधान होस्

बुधबार, पुस ११ २०८०
कांग्रेस र एमाले नेतालाई भेटेर उद्योगीले भने - डेडिकेटेड र ट्रंकलाइनको विवाद तत्काल समाधान होस्

प्राधिकरणले हालसम्म ९ वटा उद्योगको बिजुली काटेको छ। उद्योगीहरुले भने टीओडी मिटरको डाटाका आधारमा भुक्तानी गर्ने बताएका छन्।

काठमाडौं- नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंकलाइनको विवादका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका उद्योगीले आज बुधबार बिहान कांग्रेस सभापति देउवासँग भेटघाट गरेका हुन्।

सो भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्थाअनुरुप विवाद समाधान हुनुपर्ने बताए। ‘कानूनी व्यवस्थाअनुरुप हुनुपर्छ, सबैले कानूनको पालना गर्नुपर्छ। यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरुले पनि सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिनुभएको छ,’ भेटमा सहभागी एक उद्योगीले बताए।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल बक्यौता नतिरेको भन्दै उद्योगहरूमा लाइन काटिरहँदा उद्योगीहरूले आफूहरूलाई बिजुली प्रयोग गरेको बिल प्रमाण दिनुपर्ने बताउँदै आएका छन्।

प्राधिकरणले हालसम्म ९ वटा उद्योगको बिजुली काटेको छ। उद्योगीहरुले भने टीओडी मिटरको डाटाका आधारमा आफूहरूले भुक्तानी गर्ने बताएका छन्। 


प्रकाशित : बुधबार, पुस ११ २०८०१६:४९
  • सम्बन्धित विषय:

  • # डेडिकेटेड र ट्रंकलाइन विवाद


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend