शनिबार, साउन १२ गते २०८१    
images
images
images

बीवाईडी ई-सिक्समा साइमेक्सले राजस्व छलेको पुष्टि, थप १ करोड १५ लाख तिर्न भन्सारको पत्र

images
बिहीबार , मंसिर २१ २०८०
images
images
बीवाईडी ई-सिक्समा साइमेक्सले राजस्व छलेको पुष्टि, थप १ करोड १५ लाख तिर्न भन्सारको पत्र
images

काठमाडौं- चिनियाँ सवारी उत्पादक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सले आयात गरेको २० वटा ई-सिक्समा राजस्व छली भएको प्रमाणित भएको छ।

images
images

ई-सिक्स आयातमा राजस्व छली गरेको निष्कर्षसँगै बीवाईडी बिक्रेता साइमेक्सलाई भन्सार विभागअन्तर्गतको भन्सार जाँचपास परीक्षण कार्यालयले थप निर्धारण भएको रकम भुक्तानीका लागि पत्र पठाउने निर्णय गरेको छ।

images

कार्यालय उच्च स्रोतका अनुसार २० वटा ई-सिक्स आयातमा १ करोड १५ लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना गरेको प्रमाणित भएको छ। कार्यालय स्रोतका अनुसार छली भएको करको रकम, र त्यसको जरिबानासमेत यति गरि शुक्रबारसम्म थप रकम भुक्तानीका लागि काटिएको पत्र कम्पनीमा पुग्ने छ।

कम्पनीले कम मूल्य घोषणागरी गाडी आयात गरेको कार्यालयको अध्ययनबाट प्रमाणित भएको हो। एफओसीमा 'फ्रि अफ कस्ट'मा ल्याएको विषय पनि सँगै घोषणा नगरेको, कस्ट सिटमा एफओसी भनेर लेखेको बील भने पूरै काटेकोलगायतको विषयमा साइमेक्सले बदमासी गरेको फेला परेको हो।

images

साइमेक्सले बीवाईडीले सन् २०१५ मै बनाएको ई-सिक्स विद्युतीय कार दुईपटक ल्याउँदा भिन्दाभिन्दै मूल्यमा ल्याएको तथ्यसहित बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो।

साइमेक्सले २०१९ मार्च १९ मा ल्याएको ई-सिक्सको प्रज्ञापन पत्रअनुसार प्रतिकार ४० हजार अमेरिकी डलर बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडलाई पठाएको थियो। साइमेक्सले नै २०२२ अप्रिल १८ मा ल्याएको २० वटा समान क्षमताको ई-सिक्सको प्रज्ञापन पत्रअनुसार भने सो कार प्रत्येकको १० हजार डलरमात्र बीवाईडीलाई चीन पठाएको थियो। 

तीन वर्षभन्दा कम समयमा एउटै विद्युतीय कारको मूल्य कसरी ३० हजार अमेरिकी डलर घट्न सक्छ? भन्ने विषयमा  कार्यालयले अध्ययन गरेको थियो। त्यस्तै कार्यालयले साइमेक्सले १० हजार डलरमा खरिद गरेर आयात गरेको ई-सिक्समा मूल्य निर्धारण गर्दा अस्वभाविक खर्च देखाएर ४५ लाख रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको बारेसमेत अनुसन्धान गरेको थियो। यी दुबै बिषयमा कम्पनीले बदमासी गरेको प्रमाणित भएको कार्यालय स्रोतले जनाएको छ। 

साइमेक्सले २०१९ मार्च १९ मा वीरगञ्ज भन्सारबाट ल्याएको १० वटा ई-सिक्स (इयर २०१५) को ४ लाख अमेरिकी डलर बीवाईडीलाई बुझाएर ल्याएको थियो तर त्यही ई-सिक्स साइमेक्सले २०२२ अप्रिल १८ मा रसुवागढी भन्सारबाट ल्याउँदा भने ७ वटा कारको ७० हजार डलर तिरेको थियो।

यसको पुष्टि साइमेक्सले नै चीनबाट वीरगञ्ज नाका हुँदै २०१९ मार्च १९ मा ई-सिक्स (इयर २०१५) को प्रतिगोटा मूल्य ४० हजार अमेरिकी डलर तिरेकोबाटै हुन्छ। त्यस्तै साइमेक्सले नै २०१७ मा ल्याएको ई-सिक्स भने २०१५ मा बनेको उल्लेख छ। 

बीवाईडीमा साइमेक्सको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१६:२३
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend