बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उपभोगमै जान्छ रेमिट्यान्सको कमाइ, शिक्षा र स्वास्थ्यमा २२ प्रतिशत खर्च 

सोमबार, असोज २२ २०८०
उपभोगमै जान्छ रेमिट्यान्सको कमाइ, शिक्षा र स्वास्थ्यमा २२ प्रतिशत खर्च 

नेपाल सरकारले नि:शुल्क विदेश जाने सुविधाको घोषणा गरे पनि यो सर्वेक्षणमा न्यूनतम एक लाख रुपैयाँसम्म तिर्ने नै २२ प्रतिशत रहेका छन्। त्यस्तै ४२ प्रतिशतले १ देखि २ लाख रुपैयाँसम्म तिरेर गएका छन् भने ४ लाख रुपैयाँभन्दा धेरै खर्च गरेर जानेहरू १५ प्रतिशत रहेका छन्। 

काठमाडौं-  रेमिट्यान्सबाट भएको आम्दानीबाट अधिकांश हिस्सा उपभोगमै जाने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको सर्वेक्षणमा आम्दानीको धेरै हिस्सा दैनिक उपभोगमै खर्च भइरहेको देखिएको छ। 

लुम्बिनी प्रदेशका जिल्लाहरूबाट निश्चित नमुना संकलन गरेर गरिएको सर्वेक्षणअनुसार रेमिट्यान्सबाट भएको आम्दानीबाट ५८.७८ प्रतिशत दैनिक उपभोगमै खर्च हुने गरेको पाइएको छ। 

दैनिक उपभोगसँगै रेमिट्यान्स प्राप्त गर्ने परिवारले शिक्षा र स्वास्थ्यमा पनि खर्च बढेको उल्लेख गरेका छन्। कुल रेमिट्यान्स आम्दानीको २२.४८ प्रतिशत शिक्षा र स्वास्थ्यमा खर्च हुने गरेको छ। १० प्रतिशत भने ऋण तिर्न तथा मनोरञ्जन वा अन्य खर्च हुने गरेको छ। 

रेमिट्यान्स आउन थालेपछि पारिवारिक खर्चमा वृद्धि हुने गरेको पाइएको छ। रेमिट्यान्स नआउने समयको तुलनामा ९६ प्रतिशत परिवारको उपभोग बढ्ने गरेको छ। त्यस्तै मनोरञ्जन तथा सामाजिक खर्च, घर घडेरीमा हुने खर्च पनि बढेको छ। 

वैदेशिक रोजगारीमा गएर आम्दानी हुन थालेपछि पारिवारिक खर्चसँगै सेवा सुविधामा पनि सुधार भएको अध्ययनबाट देखिएको छ। डिजिटल सेवाको पहुँच, वित्तीय उपकरणको पहुँचमा पनि सुधार भएको छ। 

अधिकांश कामदार तालिम निलइ जाने गरेको पाइएको छ। त्यस्तै नेपालमै कुनै न कुनै पेसामा संलग्नहरू पनि ४० प्रतिशत विदेश गएको पाइएको छ। 

नेपाल सरकारले नि:शुल्क विदेश जाने सुविधाको घोषणा गरे पनि यो सर्वेक्षणमा न्यूनतम एक लाख रुपैयाँसम्म तिर्ने नै २२ प्रतिशत रहेका छन्। त्यस्तै ४२ प्रतिशतले १ देखि २ लाख रुपैयाँसम्म तिरेर गएका छन् भने ४ लाख रुपैयाँभन्दा धेरै खर्च गरेर जानेहरू १५ प्रतिशत रहेका छन्। 

यो सर्वेक्षण लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पा जिल्लाका ३८३ परिवारको नमुनामा गरिएको थियो। 


प्रकाशित : सोमबार, असोज २२ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend