बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

जुम्लाको तातोपानी गाउँपालिकाभित्र 'निःशुल्क घर बीमा'

images
बुधबार, असार २० २०८०
images
images
जुम्लाको तातोपानी गाउँपालिकाभित्र 'निःशुल्क घर बीमा'

नागरिकको सुरक्षाका लागि घर बीमा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए।

images
images

जुम्ला- जिल्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको सुरक्षाका लागि ‘निःशुल्क घर बीमा’ कार्यक्रम सञ्चालन गरिने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बीमाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए।

images
images
images

तातोपानीका आठवटै वडाका तीन हजार तीन सय घरधुरीका लागि निर्जीवन बीमा सुरक्षाको प्रत्याभूति दिनका लागि २० लाख रूपैयाँ बजेट नीति तथा कार्यक्रममार्फत विनियोजन गरिएको उनले जानकारी दिए।

images
images

'अविरल वर्षा र बाढी पहिराका कारण प्रत्येक वर्ष नागरिक घरबारविहीन हुनु परेको छ। नागरिकको बासस्थानको सुरक्षाका लागि घर बीमा योजना ल्याएका छौँ', अध्यक्ष चौलागाईँले भने। स्थानीयको सुरक्षामा पहिलो जिम्मेवारी स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि घर बीमा कार्यक्रमलाई पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो।

images
images
images

अध्यक्ष चौलागाईँका अनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बीमा कम्पनीसँग सहकार्य गरेर यहाँका नागरिकको घर बीमा गरिने छ। प्रत्येक घरलाई पाँच लाख रूपैयाँ बराबरको बीमा गर्ने पालिकाले जनाएको छ। घरमा प्राकृतिक विपतले क्षति पुर्‍याएमा बीमाबाट राहत पुग्ने उनले बताए।

गत वर्ष असोजमा आएको अविरल वर्षाले तातोपानी क्षेत्रमा धैरे क्षति गरेको थियो। अझैसम्म यहाँका खेतबारी र विद्यालय पुनः निर्माण हुन सकेका छैनन्। प्रकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्दै नागरिकलाई राहत महसुस गराउनका लागि आव २०८०/८१ आर्थिकबाट उक्त कार्यक्रम लागु गरिएको उपाध्यक्ष रेवती रावलले जानकारी दिइन्।

नीति तथा कार्यक्रममार्फत पालिकाबाट सञ्चालन हुने गौरवका बुहवर्षीय तथा ठूला प्रकृतिका योजनाको दिगो व्यवस्थापन संरक्षण गर्दै मर्मतसम्भार गरी दिगोपना दिने उद्देश्यले बीमा योजनाका लागि बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्न तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउनका लागि ‘किसानमैत्री योजना’ नीति तथा कार्यक्रममा ल्याएको तातोपानी गाउँपालिकाले जनाएको छ। गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउँदै ‘म स्वास्थ्य मेरो गाउँपालिका स्वास्थ्य’ कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष चौलागाईँले जानकारी दिए। उनका अनुसार पालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नका लागि आठवटै वडाका नागरिकका लागि दुई लाख रूपैयाँका दरले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न १६ लाख रूपैयाँ विनियोजन गरिएको छ।

बजेट वक्तव्यमा सबै वडामा दीर्घरोगी र वृद्धहरूलाई घर-घरमै गएर निःशुल्क उपचार गर्ने तथा मधुमेह र उच्च रक्तचापको निःशुल्क परीक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार २० २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend