आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

७२ अर्ब लागतको २७० मेगावाट क्षमताको भेरी-१ आयोजना चिनियाँ गेजुवा ग्रुपले निर्माण गर्ने

images
आइतबार, जेठ ११ २०८२
images
७२ अर्ब लागतको २७० मेगावाट क्षमताको भेरी-१ आयोजना चिनियाँ गेजुवा ग्रुपले निर्माण गर्ने

भेरी नदीमा अर्थजलाशययुक्त प्रविधिमा निर्माण हुने उक्त आयोजना पिकिङ सञ्चालन प्रणालीमा आधारित रहनेछ।

images
images

काठमाडौं- कर्णाली प्रदेशका जाजरकोट र रुकुम (पश्चिम) जिल्लामा २७० मेगावाट क्षमताको भेरी-१ जलविद्युत आयोजना निर्माण हुने भएको छ। गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ।

images
images
images

भेरी नदीमा अर्थजलाशययुक्त प्रविधिमा निर्माण हुने उक्त आयोजना पिकिङ सञ्चालन प्रणालीमा आधारित रहनेछ। अर्थात्, दिनको विद्युत माग उच्च हुने समयमा बढी उत्पादन गर्ने ढाँचामा आयोजना सञ्चालन गरिनेछ। प्रतिवेदनअनुसार आयोजनाको लागत करिब ७१ अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएको छ।

images
images

आयोजना जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ तथा रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका वडा नम्बर ४, ५ र ६ मा पर्नेछ। प्रतिवेदनमा उल्लेख भएअनुसार आयोजना क्षेत्रका यी वडाहरू प्रत्यक्ष प्रभावित हुनेछन्।

images
images

आयोजनामा समुन्द्री सतहबाट १ हजार ३ सय ९३ मिटर उचाइमा बाँध निर्माण गरिनेछ भने विद्युतगृहको आधार सतह १ हजार ७७ मिटर उचाइमा रहनेछ। पिकिङ जलाशयसहित स्पिलवे, इनटेक, टनेल, सेटलिङ बेसिन, सर्ज ट्यांक र पेनस्टकजस्ता संरचनाहरू निर्माण गरिने छन्।

विद्युतगृहमा उत्पादित ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमार्फत वितरण गरिने लक्ष्य लिइएको छ। आयोजनाबाट उत्पन्न प्रभाव न्यूनीकरण गर्न वातावरणीय व्यवस्थापन योजना कार्यान्वयन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

मन्त्रालयले प्रतिवेदनमा सुझाव दिन सर्वसाधारण, स्थानीय तह र सरोकारवालालाई आह्वान गरेको छ।


प्रकाशित : आइतबार, जेठ ११ २०८२११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend