बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्काइवोर्थको 'डी ११' विद्युतीय बस सार्वजनिक

शुक्रबार, जेठ ९ २०८२
स्काइवोर्थको 'डी ११' विद्युतीय बस सार्वजनिक

स्काइवोर्थ डी ११ विद्युतीय बसमा ७०.६५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने यसमा १ सय २० किलोवाटको शक्तिशाली विद्युतीय मोटरमा नेपाली बजारमा उपलब्ध रहेको छ।

काठमाडौं- भिन्न आकार र विशेषतासहितको नयाँ विद्युतीय बस सार्वजनिक भएको छ। स्काइवोर्थ ब्रान्डको विद्युतीय बस 'डी ११' नेपाली बजारमा टाइम्स बिजनेस प्रालिद्वारा सार्वजनिक भएको हो। 

स्काइवोर्थका विद्युतीय बस नेपाली बजारमा फर्मी मोटर्सले भित्र्याएको हो भने बागमती र मधेश प्रदेशको सोल डिस्ट्रिब्युटर्सको जिम्मेवारी टाइम्स बिजनेस प्रालिले पाएको छ। 

शुक्रबार सोल्टीमा भएको नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्सको कार्यक्रममा टाइम्स बिजनेसले स्काइवोर्थको विद्युतीय बस सार्वजनिक गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्सका अध्यक्ष कुमारमणि थपलियाले संयुक्त रुपमा स्काइवोर्थको विद्युतीय बस 'डी ११' सार्वजनिक गरेका हुन्। 

स्काइवोर्थका बस नान्जिङ गोल्डेन ड्रागन बस कम्पनीद्वारा उत्पादित बस हो। नान्जिङ गोल्डेन ड्रागन सन् १९८८ मा स्थापित चीनको प्रमुखमध्यको बस उत्पादक कम्पनी हो।

skyworth times1.jpeg

स्काइवोर्थको विद्युतीय बस 'डी ११' नेपाली बाटोका लागि निकै उपयुक्त विद्युतीय बस हो। यो बस नेपालका पहाडी तथा समथर दुवै बाटोमा १५ हजार किलोमिटरभन्दा बढी चलाएर परीक्षण गरी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

स्काइवोर्थ 'डी ११' विद्युतीय बसमा ७०.६५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने यसमा १ सय २० किलोवाटको शक्तिशाली विद्युतीय मोटरमा नेपाली बजारमा उपलब्ध रहेको छ। एक पटकको फुल चार्जमा ३ सय किलोमिटरभन्दा बढी रेन्ज दिने यो बस डीसी फास्ट चार्जरबाट ३० मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीले दाबी गरेको छ। 

स्काइवोर्थ 'डी ११' को लम्बाइ ६ हजार ५० एमएम, चौडाइ २ हजार २० एमएम र उचाइ २ हजार ७ सय एमएम रहेको छ। ३ हजार ६ सय ६५ एमएम लामो ह्वीलवेसमा बनेको स्काइवोर्थ 'डी ११' २ सय २० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको छ। राम्रो ग्राउन्ड क्लियरेन्स भएकाले यो विद्युतीय बस सबैखाले भूगोलमा सहजरुपमा चलाउन सकिने छ। 

स्काइवोर्थ 'डी ११' मा सेगमेन्टमै राम्रो अप्रोच र डिजार्चर एंगल साथै इनविउल्ड लगेज स्पेस रहेकाले यो विद्युतीय बस नेपालको जस्तोसुकै भूगोलका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। 

कम्पनीले स्काइवोर्थ 'डी ११' को सुरुवाती मूल्य ७५ लाख ९० हजार रुपैयाँ तोकेको छ। 


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२१९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend