बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

धादिङ प्रशासनमा ‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा, अब राष्ट्रिय परिचयपत्रकै आधारमा राहदानी

images
बुधबार, असार २० २०८०
images
images
धादिङ प्रशासनमा ‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा,  अब राष्ट्रिय परिचयपत्रकै आधारमा राहदानी

यस वर्षको बैशाखदेखि असार १५ गतेसम्म (साढे दुई महिना) मा तीन हजार नौ सय २२ जनाले राहदानी बनाएका छन्।

images
images

मलेखु- जिल्ला प्रशासन कार्यालय धादिङले राष्ट्रिय परिचयपत्रकै आधारमा जिल्ला प्रशासनले राहदानी प्रदान गर्न थालेको छ।

images
images
images

जिप्रका धादिङले यही असार ३ गतेदेखि ‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए। 'राहदानी बनाउन साइबर तथा पसलबाट नै फाराम भरेर फोटो टाँस गरेर जिल्ला प्रशासन पुग्नुपथ्र्यो, खचाखच लाइनमा बस्नुपर्थ्यो। तर सेवाग्राहीले झेल्नु परेको त्यो झन्झटको अहिले अन्त्य भएको छ,' उनले भने, 'ठगी गर्नेको नामनिसाना पनि मेटिएको छ।'

images
images

सेवाग्राहीको चापलाई ध्यानमा राखेर जिल्ला प्रशासनले बिहान ७ बजेबाट साँझ ५ बजेसम्म दैनिक ७० जनाको कोटा नै छुट्याएर राहदानीको सिफारिस लिँदै आएको छ। शुक्रबार भने ५५ जनाको मात्रै सिफारिस लिने गरेको छ। लाइभ इन्डोरमेन्ट सेवा सञ्चालनमा नआउँदासम्म राहदानी बनाउन आउने अधिकांश सेवाग्राही फोटो खिच्ने र फाराम भर्ने नाउमा ठगिँदै आएका थिए।

images
images
images

साइबर अथवा फोटो स्टुडियोको नामबाट सञ्चालन भएका ठगी गर्ने पसल धादिङबेँसीमा मात्रै एक दर्जनभन्दा बढी छन्। दैनिक ७० जनाबाट प्रतिव्यक्ति कम्तीमा पाँच सय भन्दा बढी लिने गरेका थिए। टोकन मिलाइदिन्छु भन्दै पनि हरेक व्यक्ति एक हजारदेखि एक हजार पाँच सयसम्म लिने गरेका थिए। अहिले सेवाग्राहीलाई फाइदा भएको जिल्ला प्रशासन कार्यालय सञ्चालन गरेर सेवाग्राहीलाई परामर्श दिँदै आएको सामी कार्यक्रमका सूचना तथा परामर्शकर्ता विनोद ढकालले बताए।

अहिले राष्ट्रिय परिचयपत्र बनाएर प्रशासनबाट टोकन लिएपछि नाम लिष्ट तयार गरेर सेवा दिने गरेको छ। 'एमआरपी फारम भरेर मात्रै प्रशासन पुग्नुपर्ने, सेवाग्राही आफैले भर्न सहजै नसक्ने भएकोले साइबर तथा दलाल भएको ठाउँमा पुग्न बाध्य हुन्थे,' उनले भने, 'अहिले सेवाग्राही त्यसरी ठगिनु परेको छैन।'

जिल्ला प्रशासन कार्यलय राहदानी शाखाको तथ्यांकअनुसार यस वर्षको बैशाखदेखि असार १५ गतेसम्म (साढे दुई महिना) मा तीन हजार नौ सय २२ जनाले राहदानी बनाएका छन्। एक हजार चार सय ५५ महिला र दुई हजार चार सय २३ पुरुषले राहदानी बनाएका छन्। ४४ नाबालकले राहदानी बनाएका छन्। रासस


प्रकाशित : बुधबार, असार २० २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend