बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

अर्थतन्त्र चलायमान बनाउन सकियो भने कर लिने आधार स्वतः वृद्धि हुन्छ : अर्थमन्त्री महत

images
बुधबार, असार २० २०८०
images
images
अर्थतन्त्र चलायमान बनाउन सकियो भने कर लिने आधार स्वतः वृद्धि हुन्छ : अर्थमन्त्री महत

‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकाेस् भन्ने हामी चाहन्छौँ। यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौँ।’

images
images

काठमाडौं- अर्थमन्त्री डा.  प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्। बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरूलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला। याे वर्ष र आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ।’

images
images
images

‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा  नहेर्न, आग्रह गर्दै मन्त्री महतले निर्देशनको क्रममा भने, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला।’

images
images

महतले भने, 'व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस्। राम्रो काम गर्ने साथीहरूलाई धन्यबाद दिन चाहन्छु।’

images
images
images

‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौँ। त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ। अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ’ मन्त्री महतले भने, ‘हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकाेस् भन्ने हामी चाहन्छौँ। यद्यपि हामीले त्यो पूरा गर्न सकिरहेका छैनौँ।’
 
‘राजस्वको दायरा बढाउँछौँ भनेर मात्र बढ्दैन, अर्थतन्त्रले गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ। बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ।'  मन्त्री महतले भने, ‘भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा हामीले गम्भीर ध्यान दिनुपरेको छ।’

‘सधैँ हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन। आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ। यो सुरु भइसकेको पनि छ। आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ’ उनले भने, ‘त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ। यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ।’ 

आन्तरिक राजस्व विभागमार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको मन्त्री महतले बताए। ‘पहिलो हो, अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुन्छ। अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरू आइरहेका छैनन्। उनीहरूलाई करको दायराभित्र ल्याएर कर संकलन बृद्धि गर्नुपर्ने उनले बताए।

मन्त्री महतले भने, ‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौँ। नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो। पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो। यसले पनि समस्या ल्याउँदै गयो। कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन। राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो। करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौँ।’ 

‘भ्याटलाई हामी गम्भीरतापूर्वक लिनुपर्छ। सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर बिषय हाे। सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयाेग गर्ने गरी छुट दिन मिल्दैन। व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा विना शर्त दाखिला गर्नुपर्छ। यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ। विभिन्न खाले दुरुपयोग रोक्नुपर्छ, बेरुजु तदरुकताका साथ उठाउनुपर्छ' मन्त्री महतले भने। 


प्रकाशित : बुधबार, असार २० २०८०१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend