बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

विदेशबाट फर्किएर कृषिमा जोडिनेलाई सघाउँदै पालिका

images
बुधबार, असार २० २०८०
images
images
विदेशबाट फर्किएर कृषिमा जोडिनेलाई सघाउँदै पालिका
फाइल तस्बिर

टीकापुर नगरपालिकाले विदेशबाट स्वदेश फर्केकालाई स्वदेशमै स्वरोजगार बनाउने नीति लिएको छ।

images
images

टीकापुर- कैलालीको टीकापुर विशालनगरका दानबहादुर विक रोजगारीका सिलसिलामा आठ वर्ष मलेसिया बसे। मलेसियाको बसाइ सकेर स्वदेश फर्किएका दानबहादुर आजभोलि कृषि कर्म गरिरहेका छन्।

images
images
images

कोरोना महामारी फैलिएपछि स्वदेश फर्किएका विक कृषि कर्ममा पनि जीवन सहज नभएको बताउँछन्। 'आर्थिक अवस्था कमजोर थियो, केही कमाउँ, व्यवस्थित बनौँ भनी विदेश गएँ', दानबहादुरले भने, 'मलेसिया हुँदा कोरोना महामारी फैलियो, महामारी फैलिएपछि कमाइ नहुँदा स्वदेश फर्किएँ।'

images
images

स्वदेश फर्किएपछि केही समय बेरोजगार बसेका दानबहादुरले आजभोलि आफ्नै बारीमा तरकारी खेती थालेका छन्। 'तरकारी खेती गर्न थालेको छु, यही केही गरौँ र जीवन चलाउ भन्ने सोचेको छु', उनले भने, 'खेती व्यावसायिक रुपमा गर्न सरकारले बीउ, मल, सिँचाइमा सहयोग गरेको भए सजिलो हुन्थ्यो।'

images
images
images

टीकापुरकै बलबहादुर विक पनि मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका छन्। चार वर्ष मलेसिया बसेर फर्किएका बलबहादुर अब स्वदेशमै बाख्रापालन व्यवसाय गर्ने सोचमा छन्। उनी बाख्रापालन व्यवसायका लागि स्थानीय सरकारले सहयोग गरेको भए सहज हुने बताउँछन्।

'आफ्नै देशमा केही गरौँ भनेको वातावरण नै छैन, उन्नत जातका बाख्रा, आधुनिक दानापानी, खोरजस्ता आवश्यक कुरामा सरकारले सघाएको भए हुन्थ्यो', उनी भन्छन्, 'विदेशमा कमाएर घर गुजारा मात्रै चल्यो, अहिले लगानी गर्ने रकम पनि छैन, सहयोग पाएको भए व्यवसायी बन्न सकिन्थ्यो।'

दक्षिण कोरियामा १० वर्ष रोजगारी गरेर स्वदेश फर्किएका देवेन्द्रकुमार रावल स्वदेशमा फर्केर व्यापार गरिरहेका छन्। विदेशमा मोटर कम्पनीमा काम गरेका उनले सिकेको सीपअनुसारको व्यापार टीकापुरमा नभएपछि पुराना मोटरसाइकल मर्मत तथा खरिदबिक्रीको व्यवसाय सुरु गरेका छन्।

'विदेशमा ठूला-ठूला मोटर कम्पनीमा काम गरे, त्यहाँ गरेको काम यहाँ पाउँदैन, त्यसैले केही काम गरौँ भनी व्यवसाय सुरु गरेको छु', उनले भने, 'सरकारले पनि कृषि कर्म गर्नेलाई सघाउने रहेछ, हामीलाई खासै सहयोग छैन।' तीन वर्षअघि व्यवसाय सुरु गरेका उनले कोभिडका कारण खासै व्यवसायमा सफलता पाउन सकेका छैनन्। अहिले पनि खासै व्यापार नभएको उनको भनाइ छ। 

टीकापुर नगरपालिकाले विदेशबाट स्वदेश फर्केकालाई स्वदेशमै स्वरोजगार बनाउने नीति लिएको छ। पालिकाले विदेशबाट फर्केर काम गर्न चाहनेका लागि सघाउने, उनीहरुको सीप सदुपयोग गर्ने र थप सीप दिने नगरप्रमुख रामलाल डगौरा थारू बताउँछन्। 'हामीले विदेशबाट फर्केका, सीप सिकेर आएकाहरुलाई सघाउँछौँ भनी सूचना जारी गर्‍यौँ, ४० जनाले निवेदन दिनुभएको छ', नगरप्रमुख थारूले भने, 'अब हामीले कृषि व्यवसाय गर्नेका लागि तालिम दिएर, समूह बनाएर काम गर्नेलाई कृषि औजार, प्राविधिक ज्ञान जस्ता कार्यमा सघाउनेछौँ।'

टीकापुरका २० हजार बढी नागरिक रोजगारीका लागि विदेशमा छन्। रोगजारीका लागि विदेशमा रहेकाहरु केही वर्ष कमाइपछि स्वदेश फर्कन्छन्। स्वदेश फर्केकाहरु स्वदेशमै केही व्यवसाय तथा रोजगारी गर्न चाहन्छन्। उनीहरुका लागि स्वदेशमा लगानीको वातावरण र सरकारको सहयोग आवश्यक रहेको विदेशबाट फर्केकाहरुको माग छ। रासस


प्रकाशित : बुधबार, असार २० २०८००९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend