शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

शिवशिखर सहकारीविरुद्ध प्रहरीले अघि बढायो अनुसन्धान

images
बुधबार, असार २० २०८०
images
images
शिवशिखर सहकारीविरुद्ध प्रहरीले अघि बढायो अनुसन्धान

सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए।

images
images

बेनी- बचतकर्ताको उजुरीपछि प्रहरीले शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अनुसन्धान अघि बढाएको छ।

images
images
images

बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानी दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ। सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए।

images
images

सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिस र केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिपत्र भएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए।

images
images
images

उनका अनुसार अन्य बचतकर्ताले पनि जाहेरी दिने क्रम बढेको छ। मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार भक्तपुरमा दर्ता भएको शिवशिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो।

सुरुवातमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले पाँच महिनाअघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरी कारोबार बन्द गरेको थियो।

सहकारीले एक वर्षअघि न्यूरोडमा करिब छ करोडमा सात आना जग्गासहित घर खरिद गरेर शाखा सञ्चालन गर्दै आएको थियो। सहकारीले बचत फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको छ। रासस


प्रकाशित : बुधबार, असार २० २०८००७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend