शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

म्याद सकिएको एक वर्ष बित्दा पनि भेरीमा बनेन पुल

images
बुधबार, असार २० २०८०
images
images
म्याद सकिएको एक वर्ष बित्दा पनि भेरीमा बनेन पुल

निर्माण व्यवसायीले बैंक ग्यारेन्टी र बीमाको काम नगर्दा समस्या भएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ। सडक आयोजना र निर्माण व्यवसायीबीचको विवादले पुल निर्माणमा समस्या हुँदै आएको छ।

images
images

जाजरकोट- पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत नलगाड नगरपालिका-१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन।

images
images
images

गत बैशाख ७ गते निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए। पुल निर्माण गर्दा पुलमा भएको क्षतिको यकिन भई सडक विभागले उक्त क्षति भएको पुलको सामग्री दिन तयार भइसकेको अवस्था छ।

images
images

पुल निर्माण गर्न बाँकी रहेको सामग्री लिनका लागि निर्माण व्यवसायी (छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का निर्माण व्यवसायी भएको) हिम सगरमाथा/खड्का कृष्ण जेभी प्रतिनिधि बुिद्धबहादुुर खत्रीले आलटाल गरेको भेरी करिडोर आयोजनाका प्रमुख सुजन अधिकारीले आरोप लगाए।

images
images
images

निर्माण व्यवसायी खत्रीले आफूले अहिलेसम्म काम गरेको भुक्तानी नै नपाएको बताए। निर्माण व्यवसायीले बैंक ग्यारेन्टी र बीमाको काम नगर्दा समस्या भएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ। सडक आयोजना र निर्माण व्यवसायीबीचको विवादले पुल निर्माणमा समस्या हुँदै आएको छ। पुलको सामग्री धनगढी र नेपालगञ्जमध्ये एउटा ठाउँमा रहेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताए।

सडक डिभिजन चौरजहारीले उक्त ठेक्का खोलेको थियो। यो आर्थिक वर्षभित्र निर्माण गर्ने भन्दै ठेक्काको थपिएको म्यादसमेत समाप्त भइसकेको छ। भत्किएको बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको थियो। समितको प्रतिवेदन सार्वजनिक गरिएको छैन। प्रतिवेदनबारे आफूलाई जानकारी नभएको आयोजनाका प्रमुख अधिकारीले बताए।

पुलका कारण डोल्पामा सिधा यातायात सेवासमेत बन्द भएको छ। अस्थायीरूपमा पाइप राखेर आवतजावत गर्न बनाएको सामग्रीसमेत भेरी नदीले बगाएको छ। उक्त सामग्री बगाएसँगै सबै सवारीसाधन भेरी नदीको दुवै किनारतर्फ थन्किएका छन्। विसं २०७८ पुस १६ गते तीन करोड ८५ लाख रूपैयाँको लागतमा काम सुरु भएको थियो। पुलको पहिलो म्याद २०७९ असार १५ गते सकिएको थियो।

थपिएको म्यादमा समेत पुल निर्माण नहुँदा डोल्पा, जाजरकोट र रुकुमपश्चिमको यातायात सेवा प्रभावित भएको छ। कार्यालय र निर्माण व्यवसायीले एकले अर्कालाई आरोप लगाउँदा पुल निर्माणको म्याद लम्बिएको छ। भेरी करिडोर सडकभित्र पर्ने जाजरकोट सदरमुकामबाट पुल निर्माणस्थल तल्लुसम्म ५६ किलोमिटर सडक कालोपत्र भइरहेको छ। रासस 


प्रकाशित : बुधबार, असार २० २०८००६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend