शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

images
बुधबार, असार २० २०८०
images
images
१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दैछ। असार २२ गते निष्कासन गर्न लागेको १० अर्बको ऋणपत्रका लागि आज ‍ दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ। 

images
images
images

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो। ‘विकास ऋणपत्र ०८५ ‘च’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि छ वर्ष छ। जसअनुसार २०८० असार २२ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८६ असार २२ गते परिपक्क हुनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। 

images
images

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

images
images
images

प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो। प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ। नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा पनि ऋणपत्र कारोबार हुन सक्नेछ।

सबैभन्दा सुरक्षित मानिने सरकारी ऋणपत्रमा नागरिकले लगानी गर्नसक्ने अवसर पनि रहेको छ। तर विकास ऋणपत्रमा नागरिकभन्दा पनि संस्थाहरूकै बोलबाला हुने गरेको छ।


प्रकाशित : बुधबार, असार २० २०८००६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend