शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

बैतडीका स्थानीय तहले गर्न सकेनन् खर्च, विकासे बजेट ७९ प्रतिशत मात्रै

images
बुधबार, असार २० २०८०
images
images
बैतडीका स्थानीय तहले गर्न सकेनन् खर्च, विकासे बजेट ७९ प्रतिशत मात्रै

१० स्थानीय तहको एक अर्ब ६९ करोड ४८ लाख रूपैयाँ कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ। सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चौडी नगरपालिकाले गरेको छ।

images
images

बैतडी- चालु आर्थिक वर्ष २०७९/८० सकिन लाग्दासमेत बैतडीका स्थानीय तहले बजेट खर्च गर्न सकेका छैनन्। यहाँका स्थानीय तहको हालसम्म विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च भएको छ। 

images
images
images

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीका अनुसार १० स्थानीय तहको एक अर्ब ६९ करोड ४८ लाख रूपैयाँ कुल पुँजीगत बजेटमध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको छ। सबैभन्दा कम मेलौली र धेरै खर्च पुर्चौडी नगरपालिकाले गरेको छ। मैलौलीले ४८ दशमलव ८२ प्रतिशत र पुर्चौँडीले ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेका छन्।

images
images

पञ्चेश्वर गाउँपालिकाले १२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ८८ दशमलव ८१ प्रतिशत मात्रै खर्च गरेको छ। चालुतर्फको ३० करोड २९ लाख रूपैयाँमध्ये ८३ दशमलव ३६ प्रतिशत खर्च गरेको छ। दोगडाकेदार गाउँपालिकाले १५ करोड ७३ लाख रूपैयाँ पुँजीगत बजेटमध्ये ८६ दशमलव ९० प्रतिशत खर्च गरेको छ। चालुतर्फ भने ४१ करोड ४७ लाख रूपैयाँमध्ये ९२ दशमलव ७० प्रतिशत खर्च गरेको मगरातीले जानकारी दिए।

images
images
images

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले १९ करोड ६९ लाख रूपैयाँ विकासे बजेटमध्ये ८६ दशमलव ३९ प्रतिशत र चालुतर्फको ४५ करोड ५२ लाख रूपैयाँमध्ये ९५ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको छ। सिगास गाउँपालिकाले १७ करोड ६८ लाख रूपैयाँ पुँजीगत बजेटमध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ भने चालुतर्फको ३८ करोड ८६ लाख रूपैयाँमध्ये ९२ दशमलव ८८ प्रतिशत खर्च गरेको छ।

प्रमुख मगरातीका अनुसार डिलाशैनी गाउँपालिकाले १७ करोड ५० लाख रूपैयाँ पुँजीगत बजेटमध्ये ८३ दशलमव ३१ प्रतिशत खर्च गरेको छ। चालुतर्फको ३२ करोड ३९ लाख रूपैयाँमध्ये ९१ दशमलव ८९ प्रतिशत खर्च गरेको छ। सुर्नया गाउँपालिकाले ११ करोड ४९ लाख रूपैयाँ पुँजीगत बजेटमध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ। चालुतर्फको ३६ करोड १८ लाख रूपैयाँमध्ये ९३ दशमलव ६७ प्रतिशत खर्च गरेको छ।

यस्तै शिवनाथ गाउँपालिकाले १४ करोड ११ लाख पुँजीगत बजेटमध्ये ७६ दशमलव ७७ प्रतिशत तथा चालुतर्फको २५ करोड ५५ लाखमध्ये ९१ प्रतिशत खर्च गरेको कार्यालयले जनाएको छ। पाटन नगरपालिकाले २० करोड १८ लाखमध्ये ७० दशमलव ७४ प्रतिशत पुँजीगत खर्च गरेको छ। चालुतर्फ ४८ करोड २९ लाख रूपैयाँमध्ये ८८ दशमलव ८५ प्रतिशत खर्च गरेको छ।

यसैगरी पुर्चौडी नगरपालिकाले चालुतर्फको ४७ करोड १० लाखमध्ये ४३ करोड ८० लाख रूपैयाँ अर्थात् ९३ प्रतिशत खर्च गरेको छ। मेलौली नगरपालिकाले ४८ दशमलव ८२ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च गरेको छ। उसले १९ करोड ३० लाख रूपैयाँमध्ये नौ करोड ४२ लाख रूपैयाँ मात्र खर्च गरेको छ। यस्तै नगरपालिकाले चालुतर्फको ३६ करोड ३७ लाख रूपैयाँमध्ये ३१ करोड ३१ लाख रूपैयाँ अर्थात् ८६ दशमलव ०९ प्रतिशत खर्च गरेको छ।

नगरप्रमुख भीमबहादुर चन्दले कर्मचारी अभाव र भुक्तानी प्रक्रिया ढिला गरिँदा विकासे बजेट खर्च गर्न नसकिएको बताए। उनले भने, 'कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले विकासे बजेट कम खर्च भएको हो। भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढ्छ।' रासस


प्रकाशित : बुधबार, असार २० २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend