शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

दुई हप्तामै जडान भयो भुरुंगखोलामा बेलिब्रिज

images
बुधबार, असार २० २०८०
images
images
दुई हप्तामै जडान भयो भुरुंगखोलामा बेलिब्रिज

करिब ३५ लाख रूपैयाँको लागतमा ३० मिटर लामो बेलिब्रिज जडान भएको हो।

images
images

म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत भुरुंगखोलामा दुई हप्तामै बेलिब्रिज जडान गरिएको छ।
 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भुरुंगखोलामा करिब ३५ लाख रूपैयाँको लागतमा ३० मिटर लामो बेलिब्रिज जडान भएको बेनी-जोमसोम-कोरला सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए। सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलिब्रिजलाई भुरुंगखोलामा स्थानान्तरण गरिएको हो।

images
images
images

'भुरुंगखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो', उनले भने, 'बर्खायाममा बाढी आउँदा पनि बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलिब्रिज राखिएको हो।'

images
images

असार पहिलो साता सुरु गरिएको बेलिब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी दिए। 'कल्भर्ट बगाएपछि भुरुंगखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत अवरुद्ध हुने समस्या थियो', उनले भने, 'म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए। बेलिब्रिज सञ्चालन भएपछि सहज भएको छ।'

images
images
images

लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलिब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो। पोखराबाट बेलिब्रिजको पाटपुर्जा ल्याएर भुरुंगखोलामा राखिएको हो। बेनी-जोमसोम सडक आयोजनाले हालै बेनी नगरपालिका-८ कालीपुबाट पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँट जोड्ने म्याग्दी नदीमाथि ४५ मिटर लामो बेलिब्रिज जडान गरेको थियो। गत फागुनमा दुई करोड चार लाख रूपैयाँमा ठेक्का सम्झौता हिमालयन विल्डर्सले जेठमै बेलिब्रिज जडानको काम सकेर यातायात सञ्चालन भइसकेको छ।

बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण-३ दानास्थित रुप्सेखोलामा ४५ मिटर लामो बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। रुप्सेखोलामा बेलिब्रिज जडान र नजिकैको पहिरो हटाउन मुक्तिनाथ निर्माण सेवाले तीन करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो। असार महिनाभित्रै रुप्सेको बेलिब्रिजमा यातायातका साधन सञ्चालन हुने गरी तीव्रताका साथ जडानको काम भइरहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। रासस


प्रकाशित : बुधबार, असार २० २०८००५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend