शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

मुख्य राजमार्ग : कहाँ-कहाँ अवरुद्ध, कहाँ चल्न थाले सवारी?

२५ करोडको क्षति भएको सडक विभागको प्रारम्भिक अनुमान

images
बुधबार, असार २० २०८०
images
images
मुख्य राजमार्ग : कहाँ-कहाँ अवरुद्ध, कहाँ चल्न थाले सवारी?
फाइल तस्बिर

गतसाताको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भए। सडक विभाग तथा मातहतका कार्यालय र स्थानीय सरकारको पहलमा सडक सञ्चालनमा ल्याउने काम तीव्र गतिमा भइरहेको छ।

images
images

काठमाडौं- गतसाताको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन्। सडक विभाग तथा मातहतका कार्यालय र स्थानीय सरकारको पहलमा सडक सञ्चालनमा ल्याउने काम तीव्र भइरहेको छ।

images
images
images

सडक विभागले पछिल्लो पटक बुधबार बिहान ९ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार अहिले ३ वटा राजमार्गहरु अवरुद्ध छन्।  

images
images

जसमा  मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग रहेका छन्। यसैगरी विभागमा विभिन्न राजमार्गका १३ वटा ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएको छ।

images
images
images

विभागले जारी गरेको सूचना अनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम,गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला, चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेश चोक, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका, तानसेन-रिडी-कोरला र डुम्रे-बेशीसहर-चामे, बेलहिया, भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड पनि एकतर्फी सञ्चालनमा रहेको छ। 

विभागका अनुसार सडक अवरोध भइका ५७ ठाउँमा सवारी सञ्चालन भइसकेको र  लगातारको वर्षाका कारण ६० ठाउँमा सडक बन्द भएको थियो।  विभागका अनुसार कुल १३ राजमार्गका सडकहरुमा समस्या देखिएको छ।

विभाग अनुसार यो वर्षको वर्षाका कारण अहिलेसम्म सडकमा २५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांकन छ। २४ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको सडकमा क्षती पुगेको छ।


प्रकाशित : बुधबार, असार २० २०८००३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend