शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

images
मंगलबार, असार १९ २०८०
images
images
घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
images
images

काठमाडौं- सरकारले घनश्याम उपाध्यायलाई निजामति सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

images
images
images

उपाध्याय अहिले काठमाडौंको सीडीओ छन्। यसअघि उनी ललितपुरको सीडीओ थिए। 

images
images

सहसचिव भएपछि लामो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काम गरेका उपाध्याय ललितपुरको सीडीओ हुनुभन्दा पहिले कर्णाली प्रदेशमा थिए।

images
images
images

यस्तै मन्त्रिपरिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि संवत् २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय समेत गरेको छ। 


प्रकाशित : मंगलबार, असार १९ २०८०१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend