शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

'४० दिनको राजस्व संकलनको प्रक्षेपण समेत मिलाउन नसक्ने सरकारसँग अपेक्षा के राख्ने?'

images
मंगलबार, असार १९ २०८०
images
images
'४० दिनको राजस्व संकलनको प्रक्षेपण समेत मिलाउन नसक्ने सरकारसँग अपेक्षा के राख्ने?'

राजस्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडलले विश्वसनीयतामा  प्रश्न उठेको उनले बताए।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारको चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्।

images
images
images

उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए। उनले असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्यांक दिएको बताए। 

images
images

अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने उनको भनाइ छ। उनले नेपालको औसत राजस्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने बाध्यता सरकारलाई रहेको बताए।

images
images
images

'औसत राजस्व संकलन ३ अर्ब जति मात्रै हुन्छ। सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ। असार १८ गतेसम्म अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको छ', उनले भने, 'सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिना अघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो। ५ अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला।'

सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडलले विश्वसनीयतामा  प्रश्न उठेको समेत सांसद वाग्लेले बताए। 


प्रकाशित : मंगलबार, असार १९ २०८०१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend