शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था आउनु दुर्भाग्यपूर्ण : सांसद विनोद चाैधरी

images
मंगलबार, असार १९ २०८०
images
images
राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था आउनु दुर्भाग्यपूर्ण : सांसद विनोद चाैधरी

अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको सांसद विनोद चौधरीले बताए।

images
images

काठमाडौं- उद्योगी तथा नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले ९ खर्बको हाराहारीमा मात्रै राजस्व संकलन हुनु र सरकारको साधारण खर्च १० खर्बभन्दा बढी हुनुले गम्भीर स्थिति आएकाे संकेत गरेको बताएका छन्।

images
images
images

उनले सरकारको राजस्व संकलनको अवस्था डरलाग्दो रहेको समेत बताए। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए।

images
images

राष्ट्र बैंकले लगायको आयात प्रतिबन्ध खोल्ने काम भएपनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाइ छ। उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको उल्लेख गरे।

images
images
images

सांसद चौधरीले वर्तमान सरकार अर्थतन्त्र चलायमान बनाउने, लगानीमा वृद्धि गर्ने र कष्ट अफ डुईङ बिजनेस घटाउन विशेष ध्यान दिनुपर्ने बताए। ´हामी सबैले स्वीकार गरेका छौँ, अर्थतन्त्र अझै पनि चलायमान भएन। राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम पनि भयो', सांसद चौधरीले भने।

अर्थतन्त्रलाई चलायमान बनाउन लगानी बढाउनेतर्फ अग्रसर हुनुपर्ने उनले बताए। 


प्रकाशित : मंगलबार, असार १९ २०८००९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend