शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

समयमै आयात गर्न नसक्दा किसानलाई मल अभाव

images
मंगलबार, असार १९ २०८०
images
images
समयमै आयात गर्न नसक्दा किसानलाई मल अभाव

बजारमा वार्षिक करिब सात लाख मेट्रिक टन मलको माग छ। मुख्य बाली धान रोपाइँको समयमा मल अभाव भएको किसानको गुनासो छ।

images
images

काठमाडौं- बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ। मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो।

images
images
images

दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेको छ। तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन। चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन  मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै एक लाख २७ हजार पाँच सय मेट्रिक टन मल आउने क्रममा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकृत दीपक पौडेलले जानकारी दिए। उनका अनुसार युरिया ५० हजार मेट्रिक टन, डिएपी ७० हजार मेट्रिक टन र पोटास सात हजार पाँच सय मेट्रिक टन मल आयात गर्ने क्रममा छ। 

images
images

सातै प्रदेशका डिपोमा हाल ७८ हजार चार सय ७५ मेट्रिक टन मल मौज्दात छ। बजारमा वार्षिक करिब सात लाख मेट्रिक टन मलको माग छ। मुख्य बालीका रुपमा रहेको धान रोपाइँको समयमा मल अभाव भएको किसानको गुनासो छ। 

images
images
images

स्थानीय तहको समन्वयमा क्षेत्रफलको आधारमा वैज्ञानिक प्रणालीबाट मल न्यायोचितरुपमा वितरण गरिएको मन्त्रालयले जनाएको छ। किसानलाई सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले आयात गर्ने मलमा अनुदानको व्यवस्था गरिएको छ। चालु आवमा मल आयातका लागि ३१ अर्ब रूपैयाँ रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असार १९ २०८००८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend