शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

कान्द्रामा पुल निर्माणले भजनीवासीलाई सहज

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १९ २०८०
images
images
कान्द्रामा पुल निर्माणले भजनीवासीलाई सहज

प्रत्येक बर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो। पुल बनेपछि भने स्थानीयलाई सहज हुने भएको छ।

images
images

भजनी- कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे। आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुंगा चलाएरै बित्यो। जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुंगाबाट त कहिले काठे पुलबाट नदी तरेका भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी छन्।

images
images
images

'कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौँ', भिक्कुले भने, 'हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो।'

images
images

विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उनले सुनाए। प्रत्येक बर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो। यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पुल बनेकोमा भने स्थानीय निकै खुसी छन्। बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो। सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्नु कठीन हुने गरेको उनको अनुभव छ।

images
images
images

'पुल बनेर कान्द्रको डुंगा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुंगा विस्थापित भयो', स्थानीय प्रकाश चौधरीले भने, 'निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो।'

स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भइदिए स्थानीयलाई सहज हुने बताइन्। 'भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो', उनले भनिन्, 'यसका लागि प्रत्येक पटक ४० रूपैयाँ खर्चनुपर्थ्यो भने पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो।'

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको सपना पूरा भएको प्रतिक्रिया दिए। 'पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म पुर्‍याउन निकै सहज भएको छ। यसले किसानको आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ', उनले भने, 'पुल बनेपछि हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई पनि सहज भएको छ। यो भजनीको विकासमा ठूलो फड्को हो।'

एकसय मिटर लामो यो पुल निर्माणका लागि विसं २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो। तत्कालीन समयमा डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको निर्माण कम्पनी बिरुवा/लामा/शेर्पा साल्पा जेभीको दाबी छ। कम्पनीले तीन करोड ४५ लाख २० हजार रूपैयाँ लागतमा पुल निर्माणको जिम्मा पाएको थियो।

'पुलबाट आवागमन सुरु भइसकेको छ, बाँकी गर्नुपर्ने कामका लागि कम्पनीलाई भनिरहेका छौँ', हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले भने, 'पुल निर्माणको ९५ प्रतिशत काम सकिएको र पुलमा रेलिङ र आसपासमा ग्राभेल बिछ्याउने काम बाँकी छ।' रासस


प्रकाशित : मंगलबार, असार १९ २०८००७:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend